काठमाडाैं, २८ फागुन। याे साता नेपाली बजारमा पहेलाे धातु सुनकाे मूल्य १४ सय रूपैयाँले घटेकाे छ ।
साताकाे पहिलाे दिन अर्थात फागुन २२ गते प्रतिताेला ५५ हजार चार सय रूपैयाँमा काराेबार भएकाे सुनकाे मूल्य साताकाे अन्तिम दिन शुक्रबार ५४ हजारमा काराेबार भएकाे थियाे । याे साताभरी नै सुनकाे मूल्य घटिरह्याे ।
२३ गते साेमबार अाइतबारकै मूल्यमा सुनकाे काराेबार भयाे भने २४ गते चार सय रूपैया घटेकाे थियाे ।
त्यस्तै २५ गते बुधबार पनि तीन सय रूपैयाँले सुनकाे भाउ घटेकाे थियाे । २६ गते बिहिबार चार सय रूपैयाँले घट्दा ५४ हजार तीन सय रूपैयाँमा सुनकाे काराेबार भएकाे थियाे । हिजाे शुक्रबार तीन सय रूपैयाँ घट्दा याे साता सुनकाे भाउ ५४ हजारमा झरेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment