Saturday, March 4, 2017

​दुबई विमानस्थलमा नयाँ नियम, बाँधेका झोला बन्देज

दुबई अन्तरास्ट्रिय विमानस्थलले सामान ओसार पसारमा नयाँ नियम ल्याएको छ । आगामि बुधबार (मार्च ८) देखि कार्यन्वयन हुनेगरि यो विमानस्थलबाट डोरीले बाँधिएका झोला लैजान प्रतिवन्द गरिएको हो । डोरीले बाँधेर झोला लान नपाईने र ठुला लगेजमा समेत डोरीबेर्न नहुने विमानस्थलले प्रशासनले जनाएको हो

यहाँका सञ्चारमाध्यमका अनुसार सुरक्षा र लगेज व्यवस्थापन सहजका लागि भन्दै नियम परिवर्तन गरिको हो । झोलाको साइज समेत मध्यम साइजको हुनुपर्ने बताइएको छ ।

यो नियमले नेपाली सहित, भारत, पाकिस्तान, बंगलादेशी नागरिक प्रभावित हुने छन् । यी देशका नागरिकले यसरी लगेज लाने गरेका छन् । डोरीले बाँधिएका झोला विमानस्थलमा रोकिने भएकाले त्यसो नगर्न नेपाल एयरलाइन्सका कन्ट्री म्यानेजर रमेश पौडेलले आग्रह गर्नु भयो ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment