Wednesday, March 1, 2017

वेष्ट इन्डिजका १ सय २० केजी मोटा क्रिकेटर, जो इङ्ल्यान्डविरूद्ध खेल्दैछन्



वेष्ट इन्डिजले लामो समयपछि टिममा एकजना प्रभावशाली खेलाडी भेटाएको छ। तर, ती खेलाडीको चर्चा यतिबेला उनको खेलका कारण नभई तौलका कारण भइरहेको छ। रहकिम कर्नवाल, वेष्ट इन्डिज क्रिकेटका नयाँ अनुहार, जसको शरीरको तौल मात्र १ सय २० केजी छ। ५ फिट ८ इन्च अग्ला यी खेलाडीलाई इङ्ल्यान्डविरूद्धको आसन्न शृंखलाका लागि वेष्ट इन्डिजले आफ्नो टिममा समावेश गरेको छ। २४ वर्षीय रहकिम मूलत एन्टिगुआ निवासी हुन्।

उनले पहिलो श्रेणीको क्रिकेटमा गरेको उत्कृष्ट प्रदर्शनका कारण टिममा स्थान दिइएको हो। रहकिम पहिलो श्रेणीको क्रिकेटमा अफस्पिनरको भूमिकामा देखिएका थिए। उनले २५ खेलमा २४ को औसतले १ सय २५ विकेट लिएका छन्।

पहिलो श्रेणी क्रिकेटमा ब्याटिङतर्फ उनले खासै कमाल देखाउन सकेका छैनन्। उनको ब्याटिङमा औसत २३ मात्र छ। तर, इओन मोर्गनको कप्तानीमा रहेको टिमविरूद्ध बासेटेरेमा वेष्ट इन्डिज–११ बाट ब्याटिङ गर्न उत्रिएका रहकिमले ६१ बलमा ५९ रन बनाउदै सबैलाई छक्क तुलाए।

उनले यो इनिङमा ३ छक्का र ३ चौका प्रहार गरेका थिए। वेष्ट इन्डिज क्रिकेट संघको छनोट समितिका अध्यक्ष कर्टनी ब्राउने रहकिमलाई प्रतिभाशाली खेलाडी मान्छन्। उनी रहकिमको तौलमा अंकुस लगाउन केही गर्नु पर्ने बताउछन्। तर, वेष्ट इन्डिजका पूर्व तीब्र बलर एन्डी रोबटर््स भने रहकिम टेस्ट खेल्न तयार नभइसकेको बताउँछन्। अन्तर्राष्ट्रिय क्रिकेटमा रहकिमजस्तै अर्का मोटा खेलाडी बर्मुडाका ड्वाने लेभेरक थिए। उनको तौल १ सय २२ केजी थियो।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment