१ पसिना निकालेर सुत्न जानुस्
सुत्नु अघि शरीर थाकेको छ भने निद्रा सहजै लाग्छ । काम गरेर थाक्नु भएको छ भने यत्तिकै सुत्नुस् अन्यथा केही गरेर शरीरबाट पसिना निकाल्नुस् निद्रा सहज हुन्छ । खाना खानु अघि केही शारीरिक अभ्यास गर्ने र पसिना आएपछि सुत्नु राम्रो हुन्छ । तर सुत्नु अघि गरिने शारीरिक अभ्यास जहिले पनि हल्का हुनु पर्छ । समय छ भने केही समय दौडिनुस् फाइदा गर्छ ।
२ यी कुराबाट टाढै रहनुस्
सुत्ने समयमा मदिरा वा चुरोट खाने बानी छ भने आजै देखि छोड्नुस् । मदिराले शरीरमा निद्रा आउने रसायन पैदा गर्ने दिमागका कतिपय भागलाई बन्द गरिदिन्छ । सुत्ने समयमा कफी पनि नखानुस् । यसले पनि निद्रा लाग्न दिँदैन ।
३ कानमा इयरफोन
कानमा इयर फोन लगाएर सुत्ने गर्नु भएको छ ? राम्रै गर्नु भो । सुत्ने समयमा मन पर्ने गीत संगीत सुन्दा यसले निद्रा लाग्न सजिलो पार्छ । तर रातभरी इयरफोन भने लगाउनु हुँदैन । बच्चाहरुलाई गीत सुनाएर सुताउने तरिका बैज्ञानिक हो । यसै कारण सुत्नु अघि मन पर्ने संगीत सुन्नु फाइदाजनक छ ।
४ सिलिङ गन्नुस्
निद्रा नलागे सिलिङ गन्ने भनाइ पुरानो हो । वास्तवममा यो निक्कै फाइदाजनक छ । अध्यनहरुले निद्रा नलागे सलिङ वा केही गन्ने र गणीतका कठिन हिसाव गर्ने गर्दा निद्रा लाग्न सहज हुन्छ । कठिन विषयको पुस्तक पढ्नु पनि निद्राका लागि सहज हुन्छ ।
५ निद्राको बारेमा सोँच्न छोड्नुस्
कतिपय ब्यक्ति आफूलाई निद्रा नलागेको र यसले वेफाइदा हुने भन्दै चिन्तित भैरहन्छन् । जसले गर्दा थप अनिद्राको समस्या हुन्छ । सुत्ने समयमा समस्या वा दुःखका कुरा सोंच्नु राम्रो होइन ।
६ सुत्नु अघि तातो पनीले नुहाउनुस्
सुत्नु अघि तातो पानीले नुहाँउदा निद्रा सहज हुन्छ । त्यस्तो सम्भव नभए तातो दुध वा पानी पिउनु पनि राम्रो हुन्छ ।
७ अध्यारो कोठामा सुत्नुस्
कतिपय ब्यक्तिलाई प्रकाशका कारण निद्रा लाग्दैन । तसर्थ सुत्ने समयमा कोठा अध्यारो पारेर बाहिरबाट कुनै डिस्टर्व नहुने कोठामा सुत्नु राम्रो हुन्छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment