Wednesday, March 15, 2017

तपाईले थाहा नपाएका बन्दा खाँदाका रहस्यमय फाईदाहरु


प्रायजसोको भान्सामा बन्दालाई सलाददेखि तरकारीसम्मको लागि प्रयोग गरिन्छ । तर धेरैलाई थाहा नहुन सक्छ बन्दा खानाले के फाईदा गर्छ भनेर । बन्दा नियमीत रुपमा खानाले निम्न फाईदा पाउन सकिन्छ । बन्दालाई पकाएर भन्दा काँचै खाँदा लाभदायक हुन्छ । पकाएर खाँदा यसमा भएका पोषकतत्व नष्ट हुनाले यसलाई सलादको रुपमा प्रयोग गर्दा धेरै फाइदाजनक हुन्छ । बन्दालाई काटेर तरकारी, दाल, सब्जी वा अन्य तयारी खानामा मिसाएर खान सकिन्छ । बन्दामा थोरै पानी मिसाएर राम्रोसँग पिसेर यसको जुस निकालेर खादा पनि फाईदा हुन्छ ।

बन्दाबाट खनिज र भिटामिनयुक्त पाइन सकिनेः
भिटामिन सी, पोटासियम र म्याग्नेसियमको महत्वपूर्ण स्रोत बन्दामा पाईन्छ । बन्दामा हरियो र पहेँलो फलमा हुने एक प्रकारको पोषक तत्व हुन्छ, जुन हाम्रो शरिरमा पुगेपछि भिटामिन ए मा परिवर्तन हुन्छ ।

शरीरको तौल घटाउन मद्धत गर्छः
तौल घटाउनका लागि बन्दा एउटा महत्वपूर्ण औषधी हो । बन्दामा हुने फाइबरले पाचन प्रणालीलाई स्वस्थ मात्र नबनाई यसले शरिरलाई सन्तुष्टि पनि बनाई शरीरको तौल पनि घट्छ ।


कोलेस्ट्रोल घटाउन मद्धत गर्छ :
विभिन्न अध्ययनले दैनिक रुपमा बन्दा खानाले कोलेस्ट्रोलको मात्रा घटाउन सहयोग पुराईरहेको हुन्छ । बन्दाले राम्रो कोलेस्ट्रोलको मात्रा (एचडीएल) बढाउने र खराब कोलेस्ट्रोल (एलडीएल) घटाउने गर्छ । यससँगै बन्दाको जुसले मुटुको धमनीमा रगत बाक्लो हुने समस्याबाट समेत मुक्त गराउँछ । यसले मुटुको रोगबाट मुक्त गराउँछ ।

क्यान्सरको खतरा कमः
बन्दा नियमीत खानाले शरिरबाट उत्तेजक मेटाबोलिजमलाई बाहिर फाल्न सहयोग गर्नुका साथै कोलेस्ट्रोलको उचित उपयोग गरी क्यान्सर हुनबाट मुक्त गर्छ । बन्दामा एन्डिअक्सिडियन्ट भएकोले क्यान्सर र अन्य रोगबाट मुक्त गर्न सहयोग गर्छ ।

दृष्टिमा सुधार ल्याउँछः
बन्दामा पाइने स्यान्थोपीले हाम्रो आँखालाई स्वस्थ राख्न उपयोगी हुनुका साथै बुढेसकालमा आखा कमजोर हुने समस्याबाट बचाउँछ । यसमा हुने भिटामिन ए आँखाका लागि निकै लाभदायक सावित भएको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment