Sunday, March 5, 2017

पाइलट विजय लामाले लेखे रविन्द्र मिश्रलाई मन छुने पत्र,जुन पत्रले करोडौ नेपालीलाई स्तब्ध बनाइदिन्छ !

काठमाण्डौ । लामो समय बीबीसी नेपाली सेवामा रहेर काम गरेका प्रतिष्ठित पत्रकार रविन्द्र मिश्रले केही दिन अघि नयाँ पार्टी निर्माण गर्ने घोषणा गरेका छन् । नेपाली राजनीतिक रंगमञ्चमा विश्वासिलो राजनीतिक पार्टी र राजनेतहरुको अभाव देखिएको बेला उनले नयाँ राजनीतिक शक्ति निर्माण गर्ने घोषणा गरेका हुन् । मिश्रले नयाँ पार्टीको नाम समेत जुराइसकेका छन् । उनले नयाँ पार्टीको नाम साझा पार्टी जुराएका छन् । मिश्रको नयाँ शक्ति घोषणाको विषयलाई लिएर यसबेला राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा चर्को बहस समेत भैरहेको छ । विभिन्न प्रतिक्रियाहरु समेत आइरहेका छन् ।

सोही सिलसिलामा नेपालका एकजना प्रतिष्ठित व्यक्तित्वले मिश्रलाई पत्र लेखेरै सुझाव दिएका छन् । लामो समय उड्ययन क्षेत्रमा अनुभव सम्हालेका बरिष्ठ पाइलट विजय लामाले मिश्रको कदम र उनको यात्रालाई सुझाव दिँदै निकै मर्मस्पर्शी पत्र लेखेका छन् । यस्तो छ पाइलट लामाले लेखेको पत्र :

खुला पत्र मेरो मित्र रबिन्द्रलाई

रबिन्द्र,

तिमीले अहिले सम्म आफ्नो पेशाबाट पुर्याएको योगदानलाई साधुबाद….जहिले सत्य को पक्षमा बोल्यौ, लड्यौ र सकारात्मक सोच लिएर राष्ट्रका लागि समर्पित भएर काम गर्यौ! आफ्नो बिषिष्टअनुभव र बुझेका सांसारिक ज्ञान र निर्दिष्ट तत्वबोधहरु निर्धक्क भएर पस्क्यौ!

कहिले डग्मगाएनौ आफ्नो प्रगतिशिल बिचारहरु राख्न । आफ्नो आवाजलाई कहिले दबाएनौ गरीब दु:खी को लागि बोल्नलाई होस या भ्रष्टाचारी बिरुद्ध बोल्न लाई! सँधै एकै रफ्तार मा अघि बढ्यौ।

अतितकालिन रत्न-राज्यका हाम्रा किशोरकालिन दिन हरु देखि आज पर्यन्त त्यही रबिन्द्र नै पाएँ मैले परिष्कृत तर कुनै परिवर्तन बिनाको ।

त्यही सरल स्वभाव्, त्यही नेतृत्वदायी भाव, त्यही मिठो मुस्कान्, त्यही हठ रहित शान्त मिलनसार र गम्भिर मिजास, अनि त्यही सहयोगी मन र त्यही जुझारु ब्यक्ती जस्ले अन्याय सहन सक्दैन थियो र सकेन कहिले पनि !
तिमी पत्रकारिता मा छउञ्जेल पित-पत्रकारितालाई पैतालाले कुल्चीरह्यौ। तर आज यसरी तिमीले सफलताको गगन गमन गरीरहेको पेशा लाई छोडी अन्यौल्, अब्यवस्थित्, फोहोरी, लुब्ध र अँध्यारो नितान्त भिन्न जगतमा पाइला चाल्ने तिम्रो निर्णयलाई स्वागत गर्दछु,यस कारण कि तिमी जस्तोको खाँचो छ, त्यहाँ जहाँ निस्वार्थ,निश्पक्ष,र निडर Leader को खडेरी छ् !

तिम्रो त्याग, आँट र स्वप्निल दुस्साहसको कदर गर्छु! अझ चुनौतिपुर्ण र प्रतिबद्ध देश बिकास प्रतिको लागि सलाम छ मेरो मित्रलाई ।

तिमीले बोल्दै गरेको “खान पुगोस-दिन पुगोस” जस्ता सामन्ती शब्दावली र “भष्टाचारीलाई किरा परोस” खालका दैबिक श्राप भन्दा माथी उठेर “खान नपाउनेलाई खान पुग्ने युग हाम्रो गन्तब्य” र “भ्रष्टाचारी जेलमा सडोस” को संकल्प नयाँ पुस्ताले तिमी बाट अपेक्षा जो गर्छ गरीरहेछ । सच्याउने छौ । यस्ता अर्थहिन नाराले तिम्रो बौद्धिकतालाई गिज्याएको छ ।

म पनि त्यही अपेक्षा राख्छु। आज नेपालमा खाचो भनेको नै एउटा असल्, इमान्दार्, देश भक्त नेता हो! यहि तिमी बाट देशले प्राप्त गरेर कायापलट भैदियोस, केवल एउटा ब्यक्ती ले ल्याउन सक्छ परिवर्तन पुरै पार्टी या ठुलो जमात चाहिन्न! नेता एक कार्यकर्ता अनेक् !

आफु भित्र भएको सबै सदगुणलाई ब्यवस्थित गर्दै सुदुरगामी यात्राका लागी मेरो शुभ-कामना र सबै भएर पनि केही नभएको देशलाई मात्र”सबै भएको” देश बनाउने महाँयात्राको थालनी गरीदेउ ।

दैनिक ३ हजार भन्दा ज्यादा युवाको सस्तो र जोखिम-युक्त श्रमबजारमा पसिना घोट्नु पर्ने बाध्यात्मक बिदेश गमनलाई यहीँ रोजगारी सृजना गरेर रोकी देउ, बृद्धहरुको लागि दुई गाँस जाउलो र न्यानो बास उपलब्ध गराइ देउ, युवा जमात लाई सिप र शिक्षा पाउने आधार खडा गरिदेउ र बिशेष गरेर नारामा मात्र भ्रष्टहरुको बिरोधमात्र होइन, बृहद नेपाली शब्दकोष बाट भ्रष्टाचार नामको शब्दै Delete गरीदेउ

…………….जय चन्द्र सुर्य…………..

तिम्रो रत्न राज्य कलेजको अध्ययन ताकाको सखा…….

-बिजय लामा

(वरिष्ठ पाइलट बिजय लामाको यो बिचार फेसबुकबाट साभार गरिएको हो )

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment