Friday, March 24, 2017

किन हुन्छ स्वप्नदोष ?

अधिकाँश पुरुषलाई स्वप्नदोष हुन्छ । स्वप्नदोष केटीहरुलाई समेत हुनेगर्छ । तर आखिर किन हुन्छ यो स्वप्नदोष ? के यो रोग हो ?

यहाँ स्वप्नदोष हुने कारण र यसको बारेमा सम्पूर्ण जानकारी प्रस्तुत गरिएको छ ।

स्वप्नदोष के हो ?

तपाइँ सुतेको समयमा तपाइँ यौनिकरुपमा स्खलित हुने प्रक्रियालाई स्वप्नदोष भनिन्छ । तपाइँ विहान उठ्दा कहिलेकाँहि कट्टु भिजेको अवस्थामा पाहुनु हुन्छ तर पिसाव गरेको होइन भने त्यो नै स्वप्नदोष हो । निदाएको अवस्थामा वीर्यपात हुने प्रक्रियालाई नै स्वप्नदोष भनिन्छ ।

कतिपय केटाहरुमा स्वपन्दोषबाट नै पहिलो वीर्यपात हुन्छ । कतिपयलाई त सेक्सको बारेमा कल्पना पनि नगरेको समयमा समेत स्वप्नदोष हुन्छ ।

के यो रोग हो ?

स्वप्नदोष कुनै खराव कुरा होइन । यो तपाइँको जवानीको संकेत मात्र हो । अत्याधिक मात्रामा स्वप्नदोष हुन्छ भने पनि आत्तिनु पर्दैन । यो कुनै रोग होइन । यसले कुनै स्वास्थ्य समस्या निम्त्याउँदैन ।

कतिपय ब्यक्तिलाई हप्तामा कैयौं पटक स्वप्नदोष हुन्५ । कतिपयलाई भने जीवनभर नगन्यमात्र हुन्छ । उमेर बढ्दै जाँदा स्वप्नदोषको सम्भावना पनि कम हुँदै जान्छ ।

कतिपय धर्म संस्कारमा स्वप्नदोषलाई स्वास्थ्य समस्या वा पापकोरुपमा समेत उल्लेख गरिएको छ । तर वास्तविकता होइन ।

कतिपय घरेलु तरिका अपनाएर पनि यो स्वप्नदोष रोक्न सकिन्छ । हर्वल गोली खाँदा वा मासु खान छोड्दा पनि यो समस्या कम हुन सक्छ ।

हस्तमैथुन !

तपाइँ जति हस्तमैथुन गर्नु हुन्छ स्वप्नदोष उती नै कम हुन्छ । स्वप्नदोष मात्र होइन हस्तमैथुनले पनि तपाइँको स्वास्थ्यमा कुनै समस्या ल्याउँदैन ।

अधिकाँश मानिसलाई स्वप्नदोष हुन्छ तर सबै महिलालाई स्वप्नदोष हुँदैन । केवल ४० प्रतिशत महिलालाई मात्र यो स्वप्नदोष हुने बताइन्छ ।

यौनिक क्रियाकलाप गरेको सपना देखेमा स्वप्नदोष हुन्छ तर कहिले काँहि यौनिक सपना नदेख्दा समेत यस्तो हुन्छ । हाम्रो मस्तिस्कले धेरै यौनिक सोंचलाई रोकावट गर्ने भएका कारण यस्तो भएको विज्ञहरु बताउँछन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment