मन्त्रिपरिषदको एउटा निर्णयको माइन्युट रोकिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफूलाई असफल बनाउन कर्मचारीतन्त्र लागेको निस्कर्षमा पुगेका छन् ।
मन्त्रिपरिषदले गत बुधबार एनसेल बिक्रीमा लाग्ने कर नेपाल छाडिसकेको युरोपियन कम्पनी टेलियासेनेराबाट असुल गर्ने निर्णय गरेको थियो । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले ठाडो प्रस्तावमा मन्त्रिपरिषदले कर छलीमा एनसेललाई उन्मुक्ति दिने गरी निर्णय गरेको हो ।
एनसेलको पुँजीगत लाभकर छल्ने गरी भएको उक्त निर्णय कार्यान्वयन भए मुलुकको ३३ अर्ब राजश्व गुम्छ । लाभकर टेलियासेनेराबाट लिने र एनसेललाई उन्मुक्ति दिने निर्णय भएको भन्दै केही मन्त्रिले बैठकमा आपत्ति जनाएका थिए । तर, विरोधबीच निर्णय भयो । बिक्रेता टेलियासेनेराले एनसेलमा आफ्नो कुनै दायित्व रसंलग्नता नरहेको भन्दै पहिल्यैदेखि टकटकिँदै आएको छ ।
मन्त्रिपरिषदले उक्त निर्णय गर्दा मुख्यसचिव डा. सोमलाल सुवेदी मुलुकबाहिर थिए । निमित्त मुख्यसचिवको कार्यभार प्रधानमन्त्री कार्यालयका सचिव रामकुमार आचार्यले पाएका थिए । आचार्यले बरु जागिर छाड्ने तर, उक्त निर्णयको माइन्युट नगर्ने अडान लिए । प्रधानमन्त्रीले पटकपटक निर्देशन दिँदासमेत टेरेनन् । सचिवको चुरीफुरी देखेर आजित भएका प्रधानमन्त्रीले पछि मात्र थाहा पाए, कि आचार्य एमाले नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका साला रहेछन् ।
प्रचण्डले आचार्य माधव नेपालको साला भएको थाहा पाएपछि उनलाई दबाब दिन छाडेको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो ।
‘एउटा मामुली कर्मचारीले कार्यकारी प्रधानमन्त्रीको निर्देशन अटेर गर्ने आँट कसरी गर्न सक्ला भन्ने सोचेको थिएँ, उनी त माधव नेपालको साला रहेछन्’, प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । माधव नेपालकै आडमा आफूलाई आचार्यले नटेरेको निस्कर्षमा प्रधानमन्त्री पुगेका छन् ।
Kathmadutoday
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment