Sunday, March 12, 2017

बाहुन-क्षेत्रीलाई मञ्चबाटै असैह्य रुपमा गालीगजौल गरेपछि खैरेनीमा दोहोरो झडप

 बुटवल २९ फागुन – रुपन्देहीको देबदह खैरेनीमा झडप भएको छ ।
 स्थानीय र मंगोलियन नेशनल अर्गनाइजेसनका ब्यक्तिहरुबिच झडप भएको हो ।

 देबदह खैरेनी चोकमा आयोजित मंगोलियन नेशनल अर्गनाइजेसनको देबदह नगर अधिबेशनमा जातीय नारा ,असैह्य प्रकारका नाराहरु गुन्जिएपछि स्थानीयहरु स्वतस्र्फुत रुपमा प्रतिकारमा उत्रिएका थिए ।

कार्यक्रम स्थलमा ६ वटा ठूला माइक फिट गरेर बाहुन,क्षेत्रीलाइ गाली गलौच गरेपछि कार्यक्रम झडपको अबस्थामा पुगेको हो ।

भाषणबाजी भएपछि स्थानीयले सो कार्यक्रम बिथोलेका हुन् । कार्यक्रम स्थलमा तोडफोड भएको छ झडपका क्रममा एक नीजि कारमा पनि तोडफोड भएको स्थानीय अगुवा निर्मल ढुंगानाले बताए ।
यो भिडियो छुटाउनु भयो की ?

कार्यक्रम स्थलमा देबदहका डुंगामुढा भएको थियो भने कुर्चि ,टेन्ट,ब्यानर पर्चा सबै स्थानीयले च्यातिदिएका थिए । प्रहरीको बाक्लो उपस्थितीका कारण ठूलो मानबिय क्षति भने हुन पाएन

प्रहरीले निकै संयमता अपनाएको देबदहकी संचारकर्मी मिना पौडेलले बताइन् ।कार्यक्रम संयोजक अमर बहादुर गगुरुङले भने अरुलाइ हेप्ने र जातीय द्वन्द्व फैलाउन कार्यक्रम नगरिएको बताए ।
नागरिक आवाजको सहयोगम

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment