Monday, March 6, 2017

एमालेको मेची महाकाली अवरोधको क्रममा सप्तरीमा गोली चल्यो, एकको मृत्यु



काठमाडौं – एमालेको मेची–महाकाली अभियानको विरोध गर्ने क्रममा सप्तरीको राजविराजमा मधेशी मोर्चाका कार्यकर्ता र प्रहरी बीचको झड्पमा गोली चलेको छ । प्रहरीको गोली लागेर मोर्चाका एकजना कार्यकर्ताको मृत्यु भएको बताइएको छ ।

‘एक जनाको मृत्यु भएको भन्ने खबर आएको छ’ सप्तरीका प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सिनाले भने, ‘विस्तृत विवरण बुझ्दैछु ।

मोर्चाका नेता एवं राष्ट्रिय मधेश समाजवादी पार्टीका सचिव गजेन्द्र मण्डलका अनुसार सप्तरीको मलेठमा पान पसल गर्दै आएका रञ्जन मेहताको मृत्यु भएको छ । अन्य केहीलाई गोली लागेको बताईएको छ ।

तीन जनाको अवस्था गम्भिर रहेको र घाइतेहरुको गजेन्द्र नारायण अञ्चल अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment