Thursday, March 2, 2017

४५ हजारभन्दा बढी म्यादी प्रहरी भर्ना गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लगिँदै


सरकारले स्थानीय निर्वाचनका लागि ४५ हजारभन्दा बढी म्यादी प्रहरी भर्ना गर्ने तयारी थालेको छ। गृह मन्त्रालयले म्यादी प्रहरी भर्नाका लागि प्रस्ताव तयार पारेर मन्त्रिपरिषद्मा पठाउने लागेको गृह मन्त्रालयका प्रवक्ता सहसचिव बालकृष्ण

पन्थीले जानकारी दिए। ‘०७० सालमा संविधान सभाको चुनावका लागि ४५ हजार म्यादी प्रहरी भर्ना गरिएको थियो’, पन्थीले भने, ‘अहिले त्योभन्दा बढी चाहिन्छ भन्ने लागेको छ, त्यसैअनुसार प्रस्ताव बनाएर मन्त्रिपरिषद्मा पठाउँदै छौं।’
म्यादी प्रहरीको संख्या मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि भर्ना खुल्ने पन्थीले जानकारी दिए। सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ। मौजुदा सुरक्षा बलले निवार्चनमा प्रभावकारी सुरक्षा दिन कठिन हुने भएकाले म्यादी प्रहरी भर्ना गर्न लागिएको हो। म्यादी प्रहरीको समयावधि चुनाव सकिएसँगै सकिन्छ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment