Tuesday, March 14, 2017

४ वर्षअघि पत्ता लागेको म्याग्दीको नुन खानी अलपत्र

  म्याग्दीको शिख-९ कालीगण्डकी किनारमा ४ वर्षअघि पत्ता लागेको नुन खानी अनुसन्धान र उत्खननमा सरकारले चासो नदेखाएपछि अलपत्र परेको छ।
विसं २०७० मा शिख कालीगण्डकी किनारमा नुनिलो पानीको मुहान फेला परेको थियो।

 बिरे नुनको गन्ध आउने करिब ५० डिग्री सेल्सियस तापक्रममा नुनिलो पानी निस्कने मुहान भेटिएपछि भूगर्भ विभाग र पुरातत्व विभागमा अनुसन्धानका लागि पठाइएको भएपनि अझसम्म त्यसको रिपोर्ट आउन नसकेको स्थानीयवासीले बताएका छन्।

चार वर्षअघि तातोपानी कुण्ड संरक्षण गर्ने क्रममा डोजरले खनेर तलाउ बनाउँदा नुनिलो पानीको मुहान भेटिएको संरक्षण समितिका सदस्य पूर्ण पाइजाले बताए। असोज-कात्तिकमा पानी जमेर नुन नै बन्ने गरेको पाइजाले बताए। नुनिलो तातोपानी अहिले स्थानीयवासीका लागि प्राकृतिक उपचार केन्द्र बन्न थालेको छ।

नुनपानीमा डुबेपछि घाउ, चोटपटक लागेको र शरीर दुख्ने समस्या निको हुने कुण्डका हेरालु जसबहादुर पाइजाले बताए। म्याग्दीका एक दर्जन स्थानमा तातोपानीको मुहान भए पनि यो मुहानबाट निस्कने पानीमा नुनको मात्रा अत्यधिक पाइएको छ।

 नुन र बिरेनुनको गन्धको मात्रा अत्यधिक रहेकाले सो स्थानमा नुनखानी मात्र नभए
र थप स्रोत पनि भेटिन सक्ने स्थानीय बासिन्दाले बताएका छन्।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment