Thursday, March 2, 2017

यी ६ लक्षण भएका श्रीमतीले चम्काऊछन श्रीमानको भाग्य


समुन्द्र शास्त्र अनुसार शारीरिक अंगको बनावट तथा रुप रेखा हेरेर कुनै पनि ब्यक्तिको भाग्य, गुण र जीवन सम्बन्धि विभिन्न कुरा भविष्यवाणि गर्न सकिन्छ ।

शिव पुराणमा कुमार कार्तिकेयले मानिसमा यस्ता गुण बताएका छन् जुन गुण हुने ब्यक्ति शौभाग्यशाली, भाग्यमानी र शुभ फल प्राप्त गर्छन् ।

उक्त पुराणमा भाग्यमानी हुने कन्याको उल्लेख गरिएको छ । यी ६ गुण हुने युवतीसँग विवाह गर्ने पुरुष राजा समान बन्न सक्ने समेत उक्त पुराणमा उल्लेख छ ।


१ समुन्द्र शास्त्र अनुसार जुन युवतीको अनुहार पितासँग मिल्छ त्यस्ता युवती भाग्यमानी हुन्छन् । उनीहरुले जीवनमा सुखभोग गर्ने र चाहेको कुरा प्राप्त गर्ने उक्त शास्त्रको दावी छ । त्यस्तै आमासँग अनुहार मिल्ने युवक पनि भाग्यमानी मानिन्छन् ।

२ कालो कपाल भएका र आगाडीपट्टी झुकेको कपाल हुने युवती भाग्यमानी हुने समुन्द्र शास्त्रको भनाइ छ । चिल्लो, कोमल र मुलायम कपाल भएका कन्यालाई उत्तम मानिएको छ ।

३ गोलो र चिल्लो तथा आकर्षक अनुहार भएका युवती पनि भाग्यमानी हुन्छन् ।

४ जुन युवतीको शिरको अगाडीको भाग उठेको छ त्यस्ता युवती धनी र वैभवशाली हुने मानिन्छ ।

५ सिन्दुर लगाउने स्थान सिधा र उठेको छ भने त्यस्ता युवती सँधै भाग्यवती मानिन्छन् ।

६ आँखी भौ जोडिएका युवतीलाई विश्वास गर्न नसकिने समुन्द्र शास्त्रको भनाइ छ । आँखीभौं धनुष जस्तै झुकेको भए यस्ता युवतीलाई भाग्यमानी मानिन्छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment