Friday, March 3, 2017

सुन्दर र जवान देखिन चाहनुहुन्छ ? यसरी गर्नुहोस छालाको हेरचार...


अनुहारमा निखारता ल्याउने र जवान देखिने चाहना सबैलाई हुन्छ । तर, जब हाम्रो उमेर थोरै बढ्न थाल्छ तब चाँयाको समस्याले अनुहारको सुन्दरता बिगार्न थाल्छ । बढ्दो उमेर धेरै सामान्य प्रक्रिया हो र हामीलाई यसको सामना धेरै सानदार तरिकाले गर्नुपर्छ ।

यदि हामी आफ्नो छालालाई सुत्नभन्दा पहिले थोरै मात्र ध्यान दियौं भने पनि हामीले यो समस्याबाट छुटकारा पाउन सक्छौं । हामी सबै दिनभरी आफ्नो अनुहारको हेरविचार गर्छौ तर राती त्यसलाई वास्ता नगरी सुत्छौं जुन छालाको लागि राम्रो हुँदैन् । यदि तपाई दिनमा दुईपटक मात्रै आफ्नो छालाको हेरविचार गर्नुहुन्छ भने तपाईको छाला धेरै राम्रो हुन्छ ।

१. आफ्नो छाला अनुसारको क्लिन्जर प्रयोग गरेर अनुहार धुनुहोस ताकि अनुहारमा कुनै धुलो मैलो र तेल नरहोस । यसले तपाईको अनुहार सफा हुन्छ र डन्डीफोर पनि आँउदैन् ।
२. टोनरले रौंको छिद्रको आकार घट्छ र अनुहार धोएपछि टोनर लगाउनाले अनुहारको पिएच लेभल फिर्ता आँउछ । यसैले क्लिन्जिंग पछि अनुहारलाई टोन अप गर्न नबिर्सनुहोस ।
३. आँखा मुनिको छाला धेरै नै नाजुक हुन्छ । यसको लागि अतिरिक्त हेरविचार चाहिन्छ । यसैले आँखा मुनिको भागमा क्रिमले मालिस गर्नुहोस जसले कालो घेरा हटाँउछ ।
४. यदि तपाईको छालामा बुढेसकालको लक्षण देखिन थाल्छ । यस्तोमा तपाईलार्य सिरमको आवश्यकता हुन्छ । आफ्नो छाला अनुसारको एन्टि एजिङ सिरमको प्रयोग गर्नुहोस ।
५. सबै प्रकारको छालालाई ओसिलोपनाको जरुरी हुन्छ । जब तपाईको छालाको उमेर बढ्न थाल्छ यसको लचिलोपन पनि कम हुँदै जान्छ जर कोलेजनको उत्पादन पाि घट्दै जान्छ । जसको कारणले छाला सुख्खा हुँदै जान्छ । यसैले तपाईलाई मोइश्चराइजरको प्रयोग गर्नु पर्छ ।
६. मोइश्चराइजर लगाएपछि ट्रिटमेन्ट क्रिम जस्ता एन्टि एजिंग क्रिम लगाउनुहोस । यस्ता क्रिमको प्रयोग गर्नुहोस जसमा रेटिनोल होस किनभने यो एक यस्तो चिज हो जसले तपाईलाई बढ्दो उमेरबाट बचाँउछ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment