Saturday, March 11, 2017

‘विप्लव’ माओवादीद्वारा भारतीय नम्बरका गाडीमा आक्रमण


 भारतीय सुरक्षाकर्मी एसएसबीले गोली प्रहार गरेर कञ्चनपुरमा नेपाली नागरिकको हत्या गरेको विरोधमा नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले आह्वान गरेको बन्दको प्रभाव राजधानीमा छिटफुट परेको छ ।

बन्द आह्वानका कारण लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् । ‘विप्लव’ माओवादीले बन्द सफल बनाउन शनिबार बिहानै कार्यकर्ता सडकमा उतारेको छ ।

बन्द गराउन हिँडेका सो पार्टीका दर्जन बढी नेता तथा कार्यकर्तालाई प्रहरीले राजधानीका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ ।

प्रहरीले बाँके–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष सन्तोष खड्का, विद्यार्थी नेता उषा किरणलगायतलाई नियन्त्रणमा लिएको छ ।

बन्दको अवज्ञा गरेर सवारी साधन चलाएको भन्दै नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बिहानै राजधानीका विभिन्न स्थानमा तीन वटा गाडीमा तोडफोड गरेर क्षति पुगाइ दिएका छन् ।

बन्दकर्ताले नयाँबानेश्वर, कलंकी र गोंगबुमा भारतीय नम्बर प्लेटका सवारी साधनमा आक्रमण गरी क्षति पुगाइ दिएका छन् । बन्दकर्ताको आक्रमणबाट गाडीमा क्षति भएको प्रहरीले जनाएको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment