Sunday, March 5, 2017

एमाले सांसदमाथि मोर्चाका कार्यकर्ताद्वारा ढुंगा प्रहार, एमालेको अभियानविरुद्ध लाठी जुलुस् निकाल्ने तयारी


मधेसी मोर्चाका कार्यकर्ताले शुक्रबार एमाले सांसद रञ्जु झा ठाकुरको गाडीमा ढुंगामुढा गरेका छन्। काठमाडौंबाट शुक्रबार गृह नगर राजविराज आएकी ठाकुर राजविराज–५ स्थित जिल्ला पार्टी कार्यालय जान लाग्दा उनको गाडीमा मोर्चाका कार्यकर्ताले ढुंगामुढा गरेका हुन्। मोर्चाका नेता गजेन्द्र मण्डलले सांसद ठाकुरको गाडीमा ढुंगामुढा गरेको स्वीकारे।

मेची–महाकाली अभियानअन्तर्गत एमाले अध्यक्ष केपी शर्मा ओली फागुन २३ गते सप्तरी आउने कार्यक्रम छ। मोर्चा ओलीको कार्यक्रम बिथोल्ने तयारीमा छ। ठाकुर व्यवस्थापिका संसदको जेष्ठ नागरिक, महिला तथा बालबालिका सम्बन्धी समितिको सभापति समेत हुन्।

यसअघि बिहान मोर्चाका कार्यकर्ताको एक समूहले एमाले सप्तरीका सहसचिव प्रतापनारायण चौधरीलाई कालोमसो दलेका थिए। एमालेको मेची–महाकाली अभियानअन्तर्गत अध्यक्ष केपी ओली सप्तरी आउने निश्चित भएपछि मोर्चाले त्यसको विरोधमा गतिविधि सुरु गरेको बताएका छन्।

मोर्चा कार्यकर्ताले बिहीबार पनि एमाले सप्तरीले मेची–महाकाली अभियानअन्तर्गत घरदैलो कार्यक्रम गरिरहँदा मोर्चाले अवरोध गरेका थिए। त्यसपछि दुवै पक्षबीच झडप भएको थियो। सुरक्षाकर्मीको प्रयासका कारण झडपले उग्ररुप लिन पाएको थिएन। मेची–महाकाली अभियानअन्तर्गत एमाले अध्यक्ष केपी शर्मा ओली फागुन २३ गते सप्तरी आउने कार्यक्रम छ। मोर्चा ओलीको कार्यक्रम बिथोल्ने तयारीमा छ।

एकातिर एमाले नेता र कार्यकर्ता अभियानमा बढी जनसहभागिता जुटाउन सक्रिय छन् भने अर्कोतिर मोर्चाले २३ गते सप्तरीमा ‘चक्का जाम’ घोषणा गर्दै राजविराज, भारदह, कञ्चनपुर, रुपनीलगायत स्थानमा लाठी जुलुस निकाल्ने तयारी गरिरहेको छ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment