Sunday, March 5, 2017

तपाईंको आँखामुनि कालो धब्बा छ ? यसरि हटाउनुहोस्…


 कतिपय युवापुस्तालाई आँखामुनी कालो धब्बा आउने समस्याले सताउने गरेको छ । आँखाको तल्लो भागमा कालो धब्बा र घेरा बस्दा उनीहरु आफ्नो सौन्दर्य र अनुहारप्रति चिन्तित हुन्छन् । तर यो खासै ठूलो समस्या भने नभएको विज्ञहरु बताउँछन् । छाला विज्ञ जस्टिन हेक्सटलका अनुसार कालो धब्बा आफैंमा छालाको रंग नभई रगत र पानीको प्रवाह कम हुँदा देखिने समस्या हो ।

जब शरिर सुख्खा तथा शरिरमा पानीको मात्रा कम हुन्छ त्यस्तो बेला यो कालो धब्बा गाढा कालो रंगमा देखिने उनको भनाई छ ।

छालाको आधारभूत पत्र अर्थात् डर्मिसमा रगत र पानीको प्रवाह न्यून हुँदा यस्तो देखिने हुन्छ । अघिल्लो रात सुख्खा खाइएको छ वा पानी कम पिइएको छ भने भोलिपल्ट बिहान आँखाको तल्लो भागमा घेरा पर्नेदेखि कालो धब्बासम्म हुने हुन्छ । अझ साँझ पख कफी खाइएमा यसको स्ष्ट असर भोलिपल्ट बिहान आँखामा देखापर्छ । कफीले आँखाको नरम छालाको पानी विस्तारै सोस्ने र छाला कालो हुने विज्ञहरु बताउँछन् ।

यस्तै, एसी वा ताप दिने कोठामा बस्ने बानी छ भने त यसको असर सिधै आँखा मुनिको भागमा पर्ने हुन्छ । मानिस थकित हुँदा पनि आँखामुनी कालो धब्बा र रेखा देखिन्छ । यस्तै, राम्रोसँग निद्रा पुगेको छैन भने पनि यस्तो समस्या आउन सक्छ । अनिदै बस्दा छाला खराब हुने समस्या बढी मात्रामा देखिन्छ । कतिपय धब्बा भने वंशाणुगत कारण पनि हुन सक्छन् । यस्ता धब्बा उपचार गरेर ठीक नहुन पनि सक्छन् । उमेर छिप्पिँदै जाँदा वा पाको भएपछि पनि यस्तो समस्या देखिने हुन्छ । एजेन्सीको सहयोगमा

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment