जाजरकाेट २६ फागुन – जाजरकोटमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य २० भन्दा बढी घाइते भएका छन्। उक्त बस जाजरकोटको भेरिमालिका नगरपालिका–४ बाहरा भन्ने ठाउँमा सडकबाट करिब २ सय मिटर तल खसेको हो।
दुर्घटनामा १० जनाकाे मृत्यु भएकाे जाजरकाेटका प्रहरी प्रमुखले जानकारी दिए। घटनामा घाइते २० जनालार्इ उपचारका लागि स्थानीय अस्पताल लगिएकाे उनले बताए।
बसमा करिब ६० यात्रु सवार रहेको अनुमान गरिएको छ। दुर्घटनामा धेरैको हताहत भएको हुन सक्ने अनुमान गरिएको छ। सुरक्षाकर्मीले घाइतेहरूकाे उद्दार र मृतककाे शव संकलन गरिरहेका छन्।
दुर्घटना स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीले उद्दार गरिरहेका छन्।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment