सत्तारुढ नेपाली कांग्रेसको राजधानीमा सम्पन्न तीनदिने केन्द्रीय कार्यसमिति बैठकमा नेपाल–भारत सीमानामा काँडेतार लगाउनुपर्ने प्रस्ताव आएको छ ।
बैठकमा काँग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले सीमा व्यबस्थापनका लागि भारतसँगको सीमामा काँडे तारबार लगाउन प्रस्ताव गरेका हुन् ।
कांग्रेसका अधिकांश नेताहरु भारतनिकट रहेको र भारतविरुद्ध एकशब्द पनि बोल्न नसकिरहेका बेला नेता गुरुङले सीमामा काँडेतार लगाउनुपर्छ भन्ने आँट गरेका हुन् ।
काँडेतार लगाउँदा छिमेकी रिसाउछ भन्ने सोच त्याग्नुपर्ने सुझाव दिँदै उनले भने– ‘खुल्ला सीमाना व्यबस्थापन गर्नुपर्छ र त्यसका लागि काँडेतार लगाउनु पर्छ । काँडे तार लगाउदा छिमेकीबाट टाढा भइन्छ भन्ने सोच त्याग्नुपर्छ ।’
खुल्ला सीमानाका नाममा भारतीय पक्षबाट नेपालीमाथि चरम अत्याचार भइरहेको भन्दै उनले अबपनि सहेर बस्न नहुने बताए ।
सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीबाट नेपाली मारिदा ठूलो दलको हैसियतले पार्टीले सशक्त रुपमा आवाज उठाउनुपर्ने भन्दै उनले अगाडि भने– ‘विसं २०१६ सालमा चिनियाँ सेनावाट नेपालको प्रहरी हवल्दार मारिदा बीपी कोइरालाले चीनलले माफी माग्नुपर्छ भन्ने अडान लिनुभएको थियो, पछि चीनले माफी माग्यो र क्षतिपुर्ती दियो । भारतीय सुरक्षाकर्मीबाट मारिएका गोविन्द गौतमबारे काग्रेस बोल्नै पर्छ, व्यबहारमा राष्ट्रवादी बोल्नु पर्छ ।’
खुला सीमानामा कांडेतारबार लगाउनुपर्छ भन्ने प्रस्तावको विरोध गर्नेहरु नेपाली जनताको दुःखभन्दा पनि प्रभुलाई खुशी पार्नका लागि लागिरहेको उनको आरोप छ । उनले भनेका छन्– ‘सयौं सिमापिलर भारतीयले गुमनाम गरेर सिमा मिचेको नेताहरु सबैलाई थाहा भएपनि कांडेतार लगाउन हुन्न रे/कुटनैतिक नियोगको ‘भाते’ बन्ने प्रतिस्पर्धा ?’
आर्थिक र श्रमदान गर्नेदेखि अभियानमा साथ दिनेसम्म कसले के भने ?
नेता गुरुङले कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा राखेको प्रस्तावलाई धेरैले मन पराएका छन् । सामाजिक सञ्जालमा उनलाई अगाडि बढ्न र अभियानै चलाउन सुझाव आएका छन् । आर्थिक सहयोग र श्रमदान गर्नेसम्मका प्रतिबद्धताहरु पनि व्यक्त भएका छन् ।
कसले के भने ?
@dhanrgrg नेपाल र भारतको सिमाक्षेत्रमा कांडेतार लगाउ नेपाल सरकार तयार होस्,यो कामको लागी प्रत्येक ब्याक्ति आर्थिक सहयोगगर्न तयर छन्,— rakesh vujel (@rakesh_vujel) March 29, 2017
— अक्षरहरु (@ThahaaDb) March 29, 2017
@dhanrgrg देश विकाश गर्दै गरौला सबैभन्दा पहिले सिमामा पर्खाल लगाउन पर्यो जनता आर्थिक र सरम दान गर्न तयार छौ✋️— Simon (@simonnepali) March 29, 2017
काङ्ग्रेसमा भएका यी दुई नेताहरु @chandragulmi @dhanrgrg प्रती देश र जनता आशाबादी छौ है । सङ्गठित प्रयास होस ।— अक्षरहरु (@ThahaaDb) March 30, 2017
दक्षिणी छिमेकीको हेपाइ र आफ्ना देशका नागरिकको सुरक्षाको लागि @dhanrgrg ले पेस गरेको प्रस्ताव एकदम सही छ यदि पास भए मेरो १महिनाको तलब दिन्छु— मीदम जी (@midam13_midam) March 28, 2017
ट्रम्पीय शैलीमा— Chudamani (@Manzilgautam) March 27, 2017
काङ्रेशको केन्द्रिय कमिटीको
बैठकमा नेता धनराज गुरुङले "भारतसँगको सीमामा काँडे तार"लगाउनु
धन्य ! हो आँट गर्नु भयछ@dhanrgrg
@dhanrgrg सवै यूवा नेताहरू कृपया नेपाल/भारत सिमामा काँढेतार लगाउन लागिपर्नुस।यो दुवै देश लाई लाभदायक छ।सिमा सुरक्षित पनि हुने र गलत नहुने।— Girish Pokharel (@pupapokharel) March 29, 2017
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment