समाजका विगतदेखि नै चलिआएका सेक्स बारेका केही त्यस्ता कथनहरु तथा व्यवहारहरु छन् जो अहिले पनि पूरै डेट एक्सपाएर भैसकेका छैनन् । अशिक्षित समाजमा मात्र होइन बुज्रुकहरुले समेत यस्ता परम्परागत सेक्सका मान्यताहरु अवलम्वन गर्दै आएका छन् ।
यहाँ हामीले सेक्सका विषयमा समाजमा रहेका केही त्यस्ता रोचक तथा अनौठा लाग्ने परम्परा तथा प्रयोग र भनाइहरु प्रस्तुत गरेका छौँ । जसमा कुनै वैज्ञानिक आधार छैन तरपनि समाजमा यसबारेमा पर्याप्त जनविश्वास छ । जस्तै ः
१. धेरै हस्तमैथुन गर्ने पुरुषको हत्केलामा भुत्ला पलाउँछन् ।
२. सेक्स गरेपछि साबुनपानीले योनी पखालेमा गर्भ रहँदैन ।
३. सेक्स गरेपछि पिसाब फेरेमा गर्भ रहँदैन ।
४. सेक्स गरेलगत्तै महिला दौडिने र उफ्रिने गरेमा गर्भ रहँदैन ।
५. अश्लील चलचित्र हेर्न पुरुष हिंश्रक हुन्छ ।
६. महिलाले सम्भोगका बेला कुनैपनि हालतमा चरम आनन्द प्राप्त गर्न सक्दैनन्, मात्र आनन्द प्राप्त गरेको नाटक गर्छन् ।
७. एस्पिरिन जस्तो दुखाइ कम गर्ने औषधिले गर्भाधारण रोक्छ, एस्पिरिन खाने महिलाले परिवार नियोजन गर्नै पर्दैन ।
८. एउटा भन्दा दुइवटा कण्डम लगाएर सेक्स गर्दा बढि यौन आनन्द तथा सुरक्षा प्राप्त हुन्छ ।
८. महिलाले पहिलोचोटी सेक्स गर्दा गर्भ रहँदैन, दोश्रो तेश्रो पटकबाट मात्र गर्भ रहन्छ ।
९.महिनावारी भएको बेलामा महिलाले जति सम्भोग गरेपनि गर्भ रहँदैन ।
१०. विवाहअघि सेक्स गरेको महिलामा बिहेपछि सेक्सको रुची कम हुन्छ र बिहे अघि सेक्स गरेको कुरा लोग्नेले पत्तो पाउँछ ।
११. केटा मान्छे १८ वर्षको उमेरमा यौनक्षमताको चरमचुलीमा पुगेका हुन्छन् ।
१२. जति लामो समयसम्म सेक्स गर्नसक्यो उति राम्रो ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment