Saturday, March 11, 2017

यदि तपाईं पुरुष हुनुहुन्छ भने महिलाका यी १० कुरा पक्कै थाहा पाउनुहोस्


 यदि तपाईं पुरुष हुनुहुन्छ भने महिलाका यी १० कुरा पक्कै थाहा पाउनुहोस्
महिलासँग जोडिएका यस्ता विभिन्न स्वास्थ्य समस्या छन् जुन बिस्तारै कुनै ठूलो रोगको रुपमा विकसित हुनसक्छ । थुप्रै पटक व्यस्त जीवनशैलीका कारण महिला आफ्नो स्वास्थ्यमा त्यति ध्यान दिन पाउँदैनन् ।

त्यसकारण यसबारे पुरुषलाई पनि थाहा हुन अत्यावश्यक छ । भारतकी स्त्री रोग विशेषज्ञ डा. निरजा पौराणिकले महिलाको स्वास्थ्य सम्बन्धि यस्ता १० समस्याबारे बताउँदैछिन् जसबारे प्रत्येक पुरुषलाई थाहा हुनुपर्छ ।

स्तनमा परिवर्तनः

स्तनमा कुनै प्रकारको परिवर्तन जस्तै चिलाउने, सुन्निने वा गाँठो देखिएको छ भने यसमा विशेष ध्यान दिनुहोस् । यस्तो समस्या देखिए तुरुन्त डाक्टरको सल्लाह लिनुहोस् ।

स्तन क्यान्सरः

यदि स्तन सुन्निएको छ, दुख्छ, गाँठो छ वा आकार परिवर्तन भइरहेको छ भने यो स्तन क्यान्सरको संकेत हुनसक्छ । यसलाई नजरअन्दाज नगर्नुहोस् र सहि समयमा उपचार गराउनुहोस् ।

योनीश्रावः

योनीश्राव दुई वा तीन प्रकारको हुनसक्छ । यदि यसको कुनै रंग छैन भने यो स्वस्थ छ । यदि यसको रंग हरियो वा पहेंलो छ भने समस्या गम्भीर हुनसक्छ । यस्तोमा तुरुन्त डाक्टरको सल्लाह लिनुहोस् ।

पेल्भिक एरियाः

महिलाको पेल्भिक एरियाको मांसपेशी स्वस्थ छ भने स्ट्रेस, ब्याकपेन र पिसाबसम्बन्धि समस्याको खतरा रोकिन सक्छ । यो मांसपेशीलाई बलियो बनाउनका लागि विज्ञको सल्लाहअनुसार किगल व्यायाम गर्नसक्नुहुन्छ ।

तनावले तौल बढाउँछः

पुरुषको तुलनामा महिला धेरै तनाव लिने गर्दछन् । तर स्ट्रेसले शरिरको मेटाबोलिजममा निकै नराम्रो असर पुर्याउने गर्दछ । यस्तोमा पर्याप्त क्यालोरी बर्न हुन पाउँदैन र तौल पनि बढ्न थाल्छ ।

स्ट्रेच मार्कः

महिलाको स्ट्रेच मार्क कहिलेकाँही पूरा रुपमा ठिक हुँदैन तर यसलाई हल्का गर्न सकिन्छ । आलुको रस, अण्डा वा जैतुनको तेलले मसाज गर्दा निकै फाइदा हुन्छ ।

कमजोेर हड्डीः

महिलामा महिनावारीको क्रममा हुने रगतको कमीका कारण हड्डी कमजोर हुनथाल्छ । यसबाट बच्नका लागि खानामा दुध, पनिर, चिजजस्ता क्याल्सियमयुक्त खानेकुरा समावेश गर्नुहोस् ।

कपाल झर्नेः

महिलामा हर्मोनको परिवर्तनका कारण दैनिक सयदेखि १ सय २० वटा सम्म कपाल झर्ने गर्दछ । योभन्दा धेरै कपाल झर्यो भने स्वस्थ खाना र उपचारको सहयोग लिनुहोस् ।

रक्तअल्पत्ताः

महिलालाई धेरैजसो रगतको कमी हुन्छ । विशेषगरी महिनावारीका क्रममा स्वस्थ डाइट नखाँदा रक्तअल्पत्ताको समस्या बढ्ने गर्दछ ।

महिनावारीको दुखाईः

महिनावारीको क्रममा महिलालाई निकै पीडा हुन्छ । यसलाई कम गर्नका लागि खानामा हरियो सागसब्जी, अदुवाको चिया, चकलेट र केराजस्ता खानेकुरा समावेश गर्नुहोस् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment