म १९ वर्षकी भएँ। मेरो विवाह भैसकेको छ। मेरा श्रीमान्ले परिवार बनाउने योजना बनाउनुभएको छ तर मेरो स्तन अरू महिलाहरूको भन्दा निकै सानो छ। यो सामान्य हो कि यसबाट कुनै खतरा छ?
यदि खतरा छ भने स्तन ठूलो बनाउने उपाय बताइ दिनुहोला। मेरो योनि निकै नै ठूलो छ यसले कुनै प्रभाव पार्छ कि पार्दैन ?।
परिवार बनाउने योजना भनेको के हो ?
अहिलेको जमानामा १९ वर्षमै विवाह गरिसक्नु अलि कलिलै उमेर हो। विवाह गर्नु नै एक प्रकारले परिवार बनाउनु हो। सम्भवतः तपाईंले सन्तान जन्माउने श्रीमान्को चाहनाको कुरा गर्नुभएको होला। तपाईंले आफ्नो श्रीमान्का बारेमा खासै केही लेख्नु भएको छैन। स्वास्थ्यको दृष्टिकोणले २० वर्षपछि सन्तान जन्माउनु राम्रो हुने कुरा तपाईंलाई पनि थाहै होला।
सन्तान जन्माउन र त्यसको लालनपालन गर्न शारीरिक रूपमा मात्र नभई मानसिक एवं आर्थिक रूपमा पनि सबल र सक्षम हुनुपर्छ। यस विषयमा पनि विचार गर्नुभएकै होला। सन्तान करले होइन रहरले जन्माउनुपर्छ। यसमा तपाईंहरू दुवैको सहमति हुनु राम्रो हुन्छ।
स्तन कत्रो हुनुपर्छ ?
स्तन महिलाको छातीमा रहेका दुईवटा विशेष ग्रन्थी हुन्। यही विशेष ग्रन्थीले सन्तान भएपछि शिशुको पोषणका लागि दूध बनाउँछ। स्तन यौनको दृष्टिकोणले पनि महत्वपूर्ण अङ्गं हो। किशोरावस्थामा पुगेपछि हार्मोनको प्रभावले केटीहरूमा स्तनको विकास तीव्र गतिमा हुन थाल्छ। स्तनको वृद्धि धेरै जसोमा ११ वर्षको उमेरमा सुरु भएर १५ वर्षमा पूरा हुन्छ। स्तनको आकार तथा आकृतिको महिलाको मानसिकतामा महत्वपूर्ण प्रभाव हुन सक्छ। यससँग आत्मसम्मानको कुरा जोडिएको हुन्छ। यसको आकार वा आकृतिका बारेमा स्वास्थ्यभन्दा सुन्दरताका कारणले बढी चिन्ता गरिएको पाइन्छ।
कतिपय समाजमा ठूला आकारका स्तनलाई आकर्षक मानिने भएकाले स्तन ठूलो बनाउने चाहना भएको पाइन्छ। स्तनको आकारमा वंशाणुगत कुराहरूको प्रभाव एकतिर हुन्छ भने अर्कातिर पोषणको। यी दुवैको संयुक्त प्रभाव स्तनको आकार निर्धारणमा महत्वपूर्ण छ। पोषण ठीक नभएका युवतीको शरीरको तौल कम हुने मात्र होइन स्तनको आकारमा त्यसको नकारात्मक प्रभाव पर्न सक्छ।
स्तन वा थुनचोलीको नापका साथै शरीरको तौल अनि उचाइ केही पनि नलेख्नु भएका कारणले तपाईंको स्तन सामान्यभन्दा सानो हो कि होइन भन्न सकिने स्थिति भएन। के सानो स्तनले समस्या ल्याउँछ ?
स्तनको आकार वास्तवमा त्यसमा भएको बोसोको मात्राले निर्धारण गर्छ। बोसोदेखि बाहेक स्तनमा रेशा तन्तु तथा दूध बनाउने ग्रन्थीहरू हुन्छन्। स्तन केही सानो भयो भन्दैमा दूध बनाउने कार्य राम्रोसँग गर्न नसक्ने होइन। अर्को कुरा के भनौं भने सानो भए पनि यो एकदमै यौन संवेदनशील हुनसक्छ। त्यसैले तपाईंले मजाले यौन आनन्द प्राप्त गर्न सक्नुहुन्छ। योनि कत्रो हुन्छ ? कतिपयले योनिलाई मात्र यौनअङ्ग मानन्छन्।
भगक्षेत्रमा भएका अन्य यौन अङ्गहरूलाई सामान्य बोलीचालीको भाषमा योनि भन्ने चलन छ तर त्यो कुरा सत्य होइन। भगक्षेत्रलाई बाहिरबाट हेर्दा छालाको दुई पत्र एक अर्कामा टाँसिएको जस्तोमात्र देखिन्छ। यसैलाई हामी समग्रमा भग भन्छौं। महिलाहरूमा यही भगको माथी पट्टी बोसोयुक्त तन्तुले बनेको क्षेत्र (मोन्स प्युविस) हुन्छ जसले नै यौन तथा प्रजनन अङ्गहरूलाई सुरक्षा प्रदान गर्छ। भग क्षेत्रमा भएको छालाको पत्रलाई फर्काइयो भने भित्रतिर ठूलो भगोष्ठ, सानो भगोष्ठ, भगाङ्कुर तथा योनिद्वार जस्ता विभिन्न अङ्ग देख्न सकिन्छ। भगक्षेत्रमा दुईवटा द्वार (प्वाल) हुन्छन् र त्यसमध्ये पिसाब आउनेलाई मूत्रद्वार भनिन्छ। त्यसको मुनि तिरको अर्कोलाई योनिद्वार भनिन्छ।
योनिद्वार भगक्षेत्रको बीचतिर हुन्छ। योनि मांशपेशीले बनेको एकदमै लचिलो यस्तै ३-४ इञ्च लामो मार्ग हो। सामान्य अवस्थामा यसका भित्ताहरू एकअर्कासँग टाँसिएको अवस्थामा हुन्छन्। योनिद्वार नजिकै एकदमै पातलो छालाको झिल्ली हुन्छ जसलाई योनिच्छद (hymen, हाइमेन) भनिन्छ।यौन उत्तेजनाको बेला योनिको भित्ताबाट रस निस्कन्छ र त्यसले चिप्लो बनाई यौन सम्पर्क गर्दा लिङ्ग भित्र बाहिर गर्न सजिलो बनाउँछ। यसरी योनिरस आउनुले पुरुषको लिङ्ग उत्थित भएको मानिन्छ।
जस्तै युवती उत्तेजनाको स्थितिमा भएको संकेत गर्छ। योनी मार्गको बाहिरी एक तिहाई भाग यौन संवेदनशील हुन्छ। के ठूलो योनीले समस्या पार्छ ? तपाईले आफ्नो योनिलाई कुन अर्थमा ठूलो भन्नुभएको हो स्पष्ट भएन। योनिको नाप वा गहिराइलाई नै भन्नु भएको हो कि अन्य अङ्गलाई। अनि कसरी योनिमार्गको गहिराईलाई नाप्नु भयो भन्ने कुरा पनि थाह भएन। कतै यौन सम्पर्कका बेलामा खुकुलो भयो भनेर पो त्यसो भन्नुभएको हो कि ?
व्यक्तिअनुसार लिङ्ग वा योनिको नाप र आकारमा धेरै भिन्नता हुन्छ। ऋषी वात्सायनले पनि नापलाई आधार बनाएर लिङ्ग तथा योनिको वर्गिकरण गरेका छन्।
सामान्यतया उत्तेजित अवस्थामा लिंगको लम्बाइ यस्तै ५.९ (धेरै जसोको ५.२५ देखि ६.२५) इञ्चको हुन्छ। बुझ्नु पर्ने तथ्य के हो भने योनि मांशपेशीले बनेको एकदमै तन्किन सक्ने गुण भएको नली आकारको अङ्ग हो जसको सामान्यतया लम्बाइ ३ देखि ४ इञ्च हुन्छ। सामान्य अवस्थामा यसको भित्ताहरू एकअर्कासँग टाँसिएका अवस्थामा भए पनि लिङ्ग प्रवेश गर्दा यसले त्यसका लागि स्थान दिन्छ तर पनि एक किसिमले समाएर नै राखेको हुन्छ। एक छिन विचार गर्नु होस् त, कुनै ठूलो आकारको कुरा मुखमा हालियो भन्दैमा त्यो सधैँ खुकुलो भएर सानो कुरा च्याप्नै नसक्ने गरेर खुकुलो हुन्छ र ?
पक्कै हुदैन। त्यसैले योनि ठूलो भयो भन्दैमा समस्या पर्ने होइन। यदि तपाईंले खुकुलोपनको कुरा गर्नु भएको हो भने योनीको मांशपेशीलाई कडा राख्न केगेल कसरत गर्नु एउटा राम्रो उपाय हो।
नोट: "माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।"
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment