Friday, March 24, 2017

कतै तपाई पनि निन्द्रामा यस्ता काम गर्नु हुन्छ कि..... ?

 निन्द्राका बेलामा अनेकन समस्याहरू आउने गरेको र त्यसलाई लिएर चिकित्सककहाँ पुग्नेको संख्या पनि निकै बढेको छ ।

 मानिसले निन्द्रामा भोग्ने यस्तो समस्यालाई ‘पारासोम्निया’ भन्ने गरिन्छ । यस्ता समस्या मानसिक तनाव तथा थकानका कारण हुन सक्ने चिकित्सकहरूको भनाइ छ ।

निन्द्रामा यस्ता समस्या देखिन्छन
निन्द्रा मै खाने

निदाएको बेलामा भान्सासम्म पुगेर खाने गरेका समस्याहरू पनि दिनानुदिन बढ्दै गएको बताइएको छ । निन्द्राको सुरमा भान्सा, फ्रिज या आफ्नै कोठामा भएका खानेकुराहरू खाएर सक्ने गरेका समस्याले पनि धेरैलाई पिरोल्न थालेको छ ।

सास फेर्न रोकिने समस्या
निन्द्रामा सास नै रोकिएर निस्सासिने गरेका घटनाहरू पनि निकै धेरै भेटिने गरेको चिकित्सकहरूको भनाई छ ।

निन्द्रामा यसरी स्वास रोकिने समस्या निकै गम्भिर भएको चिकित्सकहरूको भनाई छ । मानिसहरू श्वास रोकिएको समस्या लिएर अस्पताल पुग्ने गरेका छन् भने उनीहरूले यस्तो अवस्थाबाट ब्युझिँदा आफूहरू निकै थालेको अनुभव हुने समेत बताउँछन् ।
शारीरिक सम्बन्ध
निन्द्राका क्रममा थाहा नै नपाई शारीरिक सम्पर्क गर्ने मानिसहरुको संख्या पनि उत्तिकै बढ्दै गएको छ । निन्द्रामा रहँदा सँगै सुतेको व्यक्तिसँग सेक्स गर्ने र बिहान उठ्दा मात्र उक्त घटनाबारे थाहा पाउने समस्या पनि कै निकै धेरै हुने गरेको बताइन्छ । बढी तनाव या रक्सी र लागुऔषध प्रयोग गरेको बेलामा बढी मात्रामा यस्ता कार्य हुने गरेको चिकित्सकहरूको भनाई छ ।

म्यासेज गर्ने
दिनमा प्रयोग गरिने मोबाइलको प्रयोग राती निन्द्रामा पनि हुने गरेको छ । निन्द्रामा नै साथी भाई या आफन्तहरूलाई म्यासेज गर्ने, फोन गर्ने जस्ता समस्या देखीन थालेका छन् । हेल्थ अपडेट्सको सहयोगमा

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment