उमेर सँगसँगै महिलाको शरिरमा थुप्रै प्रकारको परिवर्तन आउने गर्दछ । यतिबेला थुप्रै प्रकारको स्वास्थ्य समस्या पनि देखिने गर्छ जसबारे समयमा नै पत्ता लगाएर यसको समाधान निकाल्न सकिन्छ । १८ वर्षको उमेरपछि एक महिलामा आउने परिवर्तन बारे यहाँ जानकारी दिइएको छ ।
महिनावारीः
१८ को उमेरपछि हर्मोनमा परिवर्तन आउने गर्दछ जसका कारण महिलाको महिनावारी ठिक समयमा नहुन पनि सक्छ ।
समाधानः
खानामा फल र हरियो साग सब्जीको मात्रा बढाउनुहोस् । यसमा आइरन, भिटामिन्स, मिनरल्स र एन्टीबायोटिकको मात्रा अत्यधिक हुन्छ । यसले महिनावारी निरन्तर गर्न सहयोग गर्दछ ।
१८ वर्षको उमेरमा महिलाको छाती, पेटलगायतका स्थानमा रौं निस्कन थाल्छ ।
तौल बढ्नुः
१८ वर्षको उमेरपछि महिलाको मेटाबोलिजम स्लो हुन्छ । जस कारण तौल बढ्ने समस्या निम्तिने गर्दछ ।
समाधानः
धेरै चिल्लो, पिरो र गुलियो खानेकुरा खानबाट बच्नुहोस् । दैनिक कम्तीमा पनि ३० मिनेट हिँड्नुहोस् वा व्यायाम गर्नुहोस् । यसले तौल नियन्त्रणमा राख्दछ ।
कपालमा असरः
१८ वर्षपछि हर्मोनल परिवर्तनका कारण महिलाको कपाल रुखो हुने गर्दछ ।
समाधानः
तीन/चार चम्चा जैतुनको तेललाई मनतातो गर्नुहोस् । त्यसपछि कपाललाई मसाज गर्नुहोस् । त्यसपछि रुमाललाई मनतातो पानीमा डुबाएर निचोर्नुहोस् र कपालमा बाँध्नुहोस् ।
डण्डिफोरः
१८ वर्षपछि युवतीको शरिरमा हर्मोन परिवर्तन हुने भएकाले डण्डीफोर र छाला रुखो हुने समस्या निम्तिन सक्छ ।
समाधानः
धेरै चिल्लो खानेकुरा नखानुहोस् । दिनमा दुई देखि तीन पटक सादा पानीले मुख धुनुहोस् । यसले अनुहारको चिल्लो नियन्त्रण हुन्छ र डण्डीफोरको समस्या हट्छ ।
रोगसँग लड्ने क्षमताको विकासः
१८ वर्षपछि हर्मोनमा हुने परिवर्तनका कारण महिलाको रोगसँग लड्ने क्षमताको विकास हुन्छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment