Thursday, March 2, 2017

केटी बिहे गरे मासिक ५ लाख !

विदेशी ज्वाइँलाई तलब दिने सरकारी योजनाः केटी बिहे गरे मासिक ५ लाख !

हालैका दिनहरुमा युरोपेली मुलुक आइसल्याण्डको खबर निकै भाइरल बनिरहेको छ । जस अनुसार आइसल्याण्ड सरकारले त्यहाँका युवतीहरुसँग बिहे गर्ने विदेशी पुुरुषहरुलाई हरेक महिना ५ हजार डलर तलब दिनेछ । देशमा पुरुषको जनसंख्या घटिरहेका कारण समस्या उत्पन्न भएसँगै सरकारले पुरुष जनसंख्या बढाउन यसरी विदेशी तन्नेरीहरुलाई तलब नै दिएर ज्वाइँ बनाएर देशमा भित्राउने योजना बनाएको दाबी गरिएको छ ।

समाचार पढिरहँदा कुतकुती जाग्यो होला हैन ? कतै तालुमा आलु पो फलिहाल्छ की भन्ने सोँच्नुुभएको होला । तर धैर्य गर्नुस्, यो हावादारी हो ।
वास्तवमा यस विषयमा कुनै व्यक्तिले द स्पिरिट हि्वस्पर्स नामक ब्लगमा एउटा फेक समाचार लेख्यो । त्यसपछि कैयन् समाचार साइटहरुले यो खबरालई साँच्चीकै खबर ठानेर समाचार बनाए । यतिमात्र कहाँ हो र ?
खबर भाइरल बनेसँगै आइसल्याण्डका कैयन् युवतीहरुले विदेशी अपरिचित युवकहरुलाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाउन थाले । मानिसहरुलाई लाग्न थाल्यो कि सरकारले साँच्चीकै यस्तो घोषणा गरेछ ।
खबर भुसको आगो झैँ फैलिएपछि सरकार पनि चुप लागेर बसिरहन सकेन । अन्ततः सरकारले विदेशी ज्वाइँलाई तलब दिने विषयमा कुनै घोषणा नगरेको स्पष्टिकरण दिएको छ । साथै अन्य देशका पुुरुषहरुलाई फेसबुकमा फ्रेण्ड रिक्वेस्ट पठाउने युुवतीहरुलाई कारवाही पनि गरियो ।
स्मरण रहोस्- आइसल्याण्ड विश्वको सबैभन्दा उत्कृष्ट पर्यटन गन्तव्य मध्ये एक हो । यो चिसो देशका ब्लू लगून, गुलफोस,गोल्डेन सर्कल जस्ता कैयन् पर्यटकीय केन्द्र रहेका छन् । यहाँका युवतीहरु पनि सुन्दरतामा निकै धनी मानिन्छन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment