Monday, March 6, 2017

पेट र सौन्दर्यका लागि तातोपानी पिउनुका १० फाइदाहरु !

पेट र सौन्दर्यका लागि तातोपानी पिउनुका १० फाइदाहरु !

पानी स्वास्थ्यको लागि निकै उपयोगी पदार्थ हो। मनतातो पानी स्वास्थ्यका लागि निकै फाइदाजनक हुने बताइएको छ। स्वास्थ्य मात्रै होइन आफ्नो सौन्दर्यलाई निखार्न समेत मनतातो पानी निकै फाईदा जनक मानिन्छ ।
यसले हाम्रो शरीरलाई औषधीको समेत काम गर्छ। पानीलाई थोरै तातो प्रयोग गर्नाले कब्जियतको समस्यालाई समेत दूर गर्न मद्दत गर्छ ।
यदि तपाईं मोटोपनको शिकार हुनुहुन्छ भने पनि तातोपानीले छुटकारा दिनको लागि निकै सहयोग गर्नेछ।

तातोपानीको फाइदाहरु : 
१) सामान्य पानी जसरी मानिसको स्वास्थ्यको लागि आवश्यक पर्छ, त्यस्तै तातोपानी पनि स्वास्थ्यका लागि निकै आवश्यकता पर्छ तर तातोपानीले शरीरलाई निकै फाइदा पुग्छ।
२) तोतोपानीमा स्नान गर्नु थकाई मेटाउने निकै आरामदायी साधन हो। तातोपानीले छालालाई निखार्ने मात्रै होइन छाला सम्बन्धी विरामीलाई समेत तातोपानीले निकै फाइदा गर्छ।
३) सबैलाई थाहा छ की तातोपानीले सौन्दर्य र स्वास्थ्य दुवैलाई फाइदा गर्छ। त्यसैमा गुलाब पानी मिसाएर विस्तारै आफ्नो शरीरमा लगायौं भने हाम्रो शरीरमा भएको दुखाईलाई समेत अन्त्य गरिदिन्छ।
४) यदि तपाईं निकै मेहनत गर्नुहुन्छ र थकाई महशुष गर्नुहुन्छ भने, हल्कापन महशुस गर्नका लागि थकान घटाउनकालागि तातोपानी निकै लाभदायक हुन्छ।
५) यदि तपाईं सधै मनतातोपानी सेवन गर्नुहुन्छ भने यसले तपाईंंलाई सधै फ्रेस देखिनुहुनेछ।
६) तातोपानी पिउनाले वजन कम गर्न पनि निकै ठूलो भूमिका निर्वाह गर्छ । यसले रक्त सञ्चार ठिक तरिकाले गराउने काम समेत गर्छ ।
७) मनतातोपानीको साथै कागती र मह मिसाएर पिउनुभयो भने तपाईंको रोग प्रतिरोधक क्षमता निकै बढ्ने गर्छ ।
८) चिसो पानीलाई मृगौलाको लागि निकै हानिकारक मानिन्छ, मृगौलालाई राम्रो बनाउनको लागि हरेक दिन विहान र बेलुका एकएक पटक मनतातोपानी पिउनु उचित हुन्छ । यसले शरीरमा हुने दुर्गन्धलाई पनि हटाइदिन्छ ।
९) मनताता पानी हाड जोर्नीको दुखाई कम गर्न उपयुक्त हुन्छ । मनतातो पानी जोर्नीहरुबीचको घर्षण कम गर्न सहयोगी मानिन्छ । भविष्यमा हुने जोर्नी सम्बन्धी रोगलाई कम गर्ने जनाइएको छ । चिसो पानी भन्दा निकै गुण बढी फाइदा जनक तातोपानी हुने गरेको छ ।
१०) स्वास तथा मृगौला सम्बन्धी रोगभएको व्यक्तिले चसो पानी पिउनु फाइदा जनक हुँदैन ।
त्यसैले तातोपानी निकै फाइदाजनक मानिन्छ । चिसो मौसममा चिसो पानी पिउनु हुँदैन । मन तातो पानी पिउनुहोस् भविष्यमा हुने रोगबाट बाँच्नुहोस् । डीसीनेपालबाट

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment