काठमाडाैं । प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय व्यवस्थाका लागि नयाँ शक्तिले १० लाख हस्ताक्षर संकलन गरेर प्रधानमन्त्रीलाई बुझाएको छ।
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय व्यवस्थाको पक्षमा दबाव सिर्जना गर्न नयाँ शक्ति पार्टीले हस्ताक्षर संकलन गरेको थियो।
सोमबार काठमाडौंको माइतीघर मण्डलामा दबावस्वरुप एक घन्टा धर्ना कार्यकम गरिएको थियो। जहाँ पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराई सहित नयाँ शक्तिका नेता कार्यकर्ता सहभागी थिए। पछि माइतीघर मण्डलाबाट संयोजक सहित नेताहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर हस्ताक्षर बुझाएका हुन्। संयोजक भट्टराईले प्रधानमन्त्री दाहाललाई नयाँ शक्तिका मागहरुबारे ध्यानाकर्षण गराएका थिए।
भेटमा संयोजक भट्टराईले प्रधानमन्त्री दाहाललाई नयाँ शक्ति पनि निर्वाचनको पक्षमा रहेको स्पष्ट पार्दै निर्वाचनमा सबै पक्ष सहभागी हुन सक्ने वातावरण बनाउन पहल गर्न आग्रह गरे।
भेटमा संयोजक भट्टराईले प्रधानमन्त्री दाहाललाई संविधान संशोधन गरेर निर्वाचनमा जानु नै उपयुक्त हुने सुझाव दिएका थिए।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment