शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने, ‘राप्रपाले संघीयता मानेको छैन, तर संघीयता नमान्नेलाई नै संघीय मन्त्रालयको जिम्मेवारी दिईएको छ, यो विडम्बना हो ।’
उनले भने, ‘सरकारले संघीयता विरोधी कमल थापालाई नै संघीय मामिला मन्त्री बनाएर के गर्न खोेजेको हो ? यो विडम्बना हो, धरातल के हो ?’ कर्णले अहिले संविधान संशोधन पहिले कि चुनाव भन्ने विषयमा विवाद भैरहेको बताए।
उनले स्थानीय तह पूर्नसंरचनाको काम काठमाडौंमा बसेर नक्सा हेरेर गरिएको भन्दै त्यसलाई आफूहरुले नमानेको जिकिर गरे। उनले भने,‘स्थानीय तह निर्धारण गर्दा जनसंख्याकै आधारमा हुनुपर्छ।’
उनले मुलुकको समस्या समाधान गर्नको लागि संविधान संशोधन गर्नुपर्छ भनेर आफूहरुले भनिरहेको बताउँदै भने,‘तर यहाँ कोही संविधानको कमा, फूट स्टप, पनि चेन्ज गर्नुहुँदैन भनेर भनिरहेका छन्, यो गलत हो।’ उनले स्थानीय तहको निर्वाचन गराउनै पर्ने दायित्वमा माओवादी केन्द्र रहेको र अर्को दुई वटा निर्वाचन गराउने दायित्वमा काँग्रेस भएकोले संविधान संशोधनको काम नभएको गुनासो पोखे।
उनले अघि भने,‘जबरजस्ती निर्वाचन गरेर मुुलुकलाई द्धन्द्धमा लैजाने कि निर्वाचनको मिति पर सारेर मुलुकलाई सहमतिको लागि निकास दिने हो ?’ उनले गहन छलफल गरिए सहमतिको विन्दु पहिल्याउन सकिने विश्वास दिलाए।
कर्णले यथास्थितिमा आफूहरुले स्थानीय तहको निर्वाचनमा भाग नलिने जिकिर गरे। उनले भने,‘सरकारसँग बन्दुक छ, तोप छ, गोली छ, लाठी छ, तर हामी चुनावको भद्र अवेज्ञा गर्छौं।’ उनले चैत्र १५ गतेसम्म आफूहरुले नरम आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको बताउँदै यो वीचमा सहमतिको लागि दुवै तर्फबाट प्रयास हुनुपर्नेमा जोड दिए।
उनले भने,‘तर निर्वाचन टोलीलाई हामी गाउँ पस्न दिँदैनौं, हामी आन्दोलन गर्छौं।’ कर्णले पहिलापनि आफूहरुले नाकाबन्दी रहरले नगरेको बताउँदै थपे,‘ऋषिजी नाकाबन्दी गरेर तपाईहरुलाई दुःख दिने मनशाय हाम्रो थिएन, सरकारले कफ्र्यु लगाएर हामीलाई नो मेन्सनमा पुर्यायो, जता ततै निषेधाज्ञा जारी गर्यो, त्यही भएर बाध्य भएर हामीले नाकाबन्दी गर्न पुग्यौं।’
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment