Friday, March 3, 2017

कसरी काम गर्छ निलोकन चक्कीले ?


  डा. विश्वराज दवाडी
काठमाडौँ । यो चक्की एकदमै भरपर्दो छ । विश्व स्वास्थ्य संगठन, नेपाल सरकार र औषधि व्यवस्था विभागले समेत सिफारिस गरेको परिवार नियोजनको अस्थायी साधन हो ।

यसले यौन तथा सरुवा रोग भने रोक्दैन । कुनै महिलालाई चाहिँ सुरुको दुई–तीन महिना महिनावारी हँुदा बढी रगत बग्ने हुन सक्छ । कसैलाई दुई महिनासम्म महिनावारी नहुन सक्छ । कसैलाई भने महिनावारी हुँदा थोरै मात्र रगत देखिने गर्छ । यसले दीर्घरोग भने गराउँदैन ।

यो हर्मोन चक्की हो । यसले महिनावारीलाई सन्तुलित गराई गर्भ रहन दिँदैन । महिलाको महिनावारी चक्र २८ दिनको हुन्छ । सात दिनमा ओभूलोशन प्रकृया सुरु हुन्छ । यो १६ दिनसम्म सक्रिय हुन्छ । निलोकन चक्कीले महिलाको डिम्बलाई सक्रिय हुन दिँदैन ।

पुरुषको शुक्रकीट र महिलाको डिम्ब सातदेखि १६ दिनभित्रमा समायोग भएमा गर्भ रहन्छ । तर निलोकन चक्कीले महिलाको डिम्बमा भएको बच्चा बन्ने ओभूलोशन प्रक्रियालाई सक्रिय हुन दिँदैन । ओभूलोशन सक्रिय नभएमा पूरुषको शुक्रकीटसँग समायोग हुँदैन र गर्भ रहँदैन । साधारण समस्या भएका महिलाले यो चक्की प्रयोग गर्दा केही असर गर्दैन ।

तर स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर, मुटुसम्बन्धी रोग भएका, धमनीका रोग भएका महिलाले भने निलोकन चक्की खानु हुँदैन । यो चक्की डाक्टरलाई जचाएर मात्र खानुहोला ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment