कक्षामा नबस्ने, क्लास बंक गरेर घुम्न जाने र कण्डोम नलगाइ सेक्स गर्ने सम्बन्धमा एउटा अनौठो शोध सार्वजनिक भएको छ । अमेरिकास्थित युनिभर्सिटी इन्डियानाका शोधकर्ताहरुले १४ देखि १७ वर्ष उमेर समूहका युवतीको डायरीबारेमा अध्यन गरेर परीक्षामा फेल हुने केटीहरु सेक्समा बढी लिप्त हुने निष्कर्ष निकालेका हुन् ।
१९ वर्ष भन्दा कम उमेरका युवतीहरुमा गरिएको यस प्रकारको पहिलो अध्यनले केटीहरुको स्कुले जीवन र सेक्स जीवनबीच प्रत्यक्ष सम्बन्ध रहेको दावी गरेको छ ।
‘द जर्नल अफ एडोल्सेन्ट हेल्थ’ ले १० वर्ष लगाएर यो अध्यन गरेको हो ।
यो अध्यनमा यो उमेर समूहका केटीहरुका डायरी अध्यन गरिएको थियो । उनीहरुले डायरीमा लेखेका र भनेका कुराहरुलाई समेटेर उनीहरुको स्कुल र यौन ब्यवहारबारे अध्यन गरिएको हो ।
यो शोधका अध्यनका प्रमुख डेवन जे ह्यान्सलले स्कुल बंक गर्ने र परीक्षामा फेल हुने केटीहरु विना कण्डोम सेक्स गर्ने पाहिएको बताए ।
पढाइमा राम्रो गरिरहेका केटीहरुले भने यौन सम्बन्ध राख्दा सुरक्षाका उपाय अपनाउने उनीहरुले अध्यनका क्रममा पाए ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment