हालै गरिएको एक अध्यनले मानिसको खुसीको विषयमा अनौठो तथ्य बाहिर ल्याएको छ ।
लान्सेट जर्नलमा प्रकाशित शोधमा अधिकाँश मानिसहरु ४० वर्ष पछि खुशी हुन छोड्ने उल्लेख छ । तर खुसीको मात्रा कति कम हुने मात्रा भने फरक फरक हुने शोधकर्ताहरुको भनाइ छ ।
शोधकर्ताहरुले अमेरिका र बेलायत जस्ता देशमा बस्ने ब्यक्तिहरु ३५ वर्ष कटेपछि निक्कै दुःखी हुन्छन् । ३५ देखि ५५ वर्ष सम्म निक्कै दुःखी हुनेहरु पनि त्यसपछी भने धेरै दुःखी नहुने उनीहरुको भनाइ छ ।
शोधका अनुसार आफ्रिकामा अधिकाँश मानिसहरु कहिल्यै पनि खुसी हुने तर पूर्वी युरोप, रुस र ल्याटिन अमेरिकी राष्ट्रहरुमा बढ्दो उमेरसँगै मानिसहरुको खुशी कम हुने देखिएको छ ।
यस्को कारण के ?
युनिवर्सिटी कलेज लण्डनका प्रोफेसर एण्ड्र्यु स्टेप्टो भन्छन् ‘उमेर बढ्दै जाँदा मानिसको खुशीको मात्रा घट्दै जान्छ’ । शोधकर्ताहरुले १६० देशमा ४ सय वर्ष सम्मका तथ्याङ्कमा आधारित रहेर यो अध्यन गरेका थिए ।
शोधमा सहभागी अमेरिकाको प्रिन्सटन युनिवर्सिटीका एङ्गस डीटन भन्छन् आर्थिक अवस्था यो कुरासँग जोडिएको छ ।
२५ देखि ३५ वर्षको उमेरमा मानिस सबैभन्दा खुसी हुने शोधको निष्कर्ष छ । यो उमेरमा जागिर देखि तलव सुविधाका कुराले पनि मानिसमा बढी खुशी हुने तर उमेर घर्किँदै जाँदा यस्तो कुराको चिन्ता बढ्ने भएका कारण ४० देखि ५५ सम्म मानिस सबैभन्दा दुःखी हुने उनीहरुको निष्कर्ष छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment