Friday, March 17, 2017

अब रसुवाको खाल्टेमा ५०० विस्थापित परिवारका लागि एकीकृत बस्ती (भिडियोसहित)

 भूकम्पबाट आफ्नो थातथलो छोडेर विस्थापित भएका रसुवालीहरुको पुनःस्थापना गरिने भएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुखसहितको उच्चस्तरीय टोलीले विस्थापित परिवार बसेको र पुनःस्थापना गर्ने स्थानको अवलोकन गरी उत्तरगया गाउँपालिकाको खाल्टेमा स्थानान्तरण गर्ने निर्णय गरिएको हो ।

भूकम्पपछि आफ्नो घरमै र्फकन नसकेका रसुवा, पार्वतीकुन्ड गाउँपालिकाको गोगने तथा उत्तरगया गाउँपालिकाको करुम–याङका करिब ५०० विस्थापित परिवारलाई एकीकृत बस्ती बनाएर पुनःस्थापना गरिने भएको छ ।

विस्थापित परिवारहरुको मागअनुसार जिल्ला दैवी प्रकोप उद्दार समितिले नेपाल सरकारको स्वामित्वमा रहेको करिब २५० रोपनी जमिनको छनोट गरेपछि काधुरी, समरिटनपर्श तथा धुर्मुस–सुन्तली फाउन्डेसनको आर्थिक सहयोगमा एकीकृत बस्ती बनाइने भएको हो ।

खाल्टेमा निर्माण हुन लागेका एकीकृत बस्तीमा सक्रिय भएर लाग्ने धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुस बताउँछन् ।
छनोट गरिएको स्थानमा पहिलो चरणमा ५०० परिवार अट्ने गरी तीनओटा कोठा भएका भूकम्पप्रतिरोधी घर बनाइने बताइएको छ ।

यसैगरी, एकीकृत बस्तीको निमार्ण गर्दा जग्गा अपुग भएमा अन्यत्र व्यवस्था गरिने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख गोविन्द पोखरेलले जानकारी दिए । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment