Monday, March 13, 2017

फिनिसर शरदको छक्कासँगै नेपाल विजयी

काठमाडौं। नेपाल र केन्याबीच भएको आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको दोस्रो खेलमा नेपाल ७ विकेटले विजयी भएको छ।

 केन्याले दिएको १ सय ५६ रनको लक्ष्य नेपालले ३ विकेटको क्षतिमा ३० ओभर २ बलमा भेट्टायो। लक्ष्य पछ्याउने क्रममा नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लले ६४ रनको अविजित पारी खेले। ९३ बलको सामना गरेका उनले ८ चौका र एक छक्का प्रहार गरे। दिपेन्द्र सिंह ऐरीले ८ चौका र १ छक्काको मद्दतमा ६६ बलमा ६२ रन बनाए। फिनिसर शरद भेषवाकरले मात्र ११ बलमा २४ रन बनाए।
चार चौका हनेका भेषवाकरले छक्कासँगै खेल समाप्त गरे।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको केन्याले ४६ ओभर १ बलमा १ सय ५५ रन बनाउँदा सबै विकेट गुमायो। केन्याका लागि सबैभन्दा बढी कोलिन्स ओबुयाले ४८ रन बनाए। इरफान करिमले ३८, कप्तान रकिप पटेलले २१, करण कौलले १४ रनको योगदान दिए।

 नेहेमिया ओडियाम्बो १५ रनमा अविजित रहे। केन्यालाई सस्तैमा समेट्ने क्रममा शरद भेषवाकरले चार विकेट लिए। बसन्त रेग्मी र मेहबुब आलमले २/२ र सन्दिप लामिछाने र सागर पुनले १/१ विकेट लिए।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment