यदि तपाईले महिलाको उमेर सोध्नुभयो भने अधिकाँशले सहि बताउँदैनन् ।
अथवा तपाइँले कुनै महिलाको उमेर सोध्नु भो भने कहिलेकाँहि त सम्बन्ध नै धरापमा पानै सम्भावना हुनसक्छ । हो महिलाहरले आफ्.नो सहि उमेर भन्न रुचाउँदैनन् । भनिहाल्यो भने पनि अधिकांश महिलाले उमेर घटाएर भन्ने गर्छन् । उमेरको विषयमा महिलाहरुले गलत धारणा राख्ने हालै गरिएको एक अनुसन्धानले देखाएको छ ।
डेली एक्सप्रेसमा प्रकाशित उक्त अध्यनका अनुसार महिलाहरुलाई उमेर बारे भ्रम हुन्छ । महिलाको मनोविज्ञानमाथि अनुसन्धान गरेको उक्त अनुसन्धानले ४५ वर्ष नकाट्दा सम्म महिलाहरुलाई आफ्नो साविक उमेर भन्दा ५ वर्ष कम लाग्ने गरेको बताए ।
ल्यानकम एडभान्स जेनेफिकले गरेको महिला मनोविज्ञानमाथिको शोधमा महिलाहरुले आफू धेरै उमेरसम्म जवान हुन पाउनु पर्ने नैसगिर्क अधिकार नै भएको समेत ठान्ने महिलाहरुको स्वभाव हो । शोधमा सहभागी भएका करिव ३३ प्रतिशत महिलाले त्वचाका कारण आफू जवान देखिने दावी गरेका थिए । त्यसैगरी कतिपयले त आफू उमेर भन्दा १० वर्ष कान्छी देखिने दावी समेत गरेका थिए ।
अनुसन्धानले महिलाहरुमा उमेरबारे भ्रमात्मक धारणा गहिरोगरी रहेको र यसलाई बदल्न कठिन रहेको बताइन् ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment