Wednesday, March 15, 2017

उँखुको जुसका यस्ता फाइदाः


तत्काल उर्जाः उँखुको जुसमा उच्च मात्रामा ग्लुकोज हुन्छ जुन् शरीरलाई हरपल आवश्यक पर्छ । उँखुको जुस खाँदा तत्काल शरीर उर्जाशील हुन्छ ।
क्यान्सरबाट बचाउँछः उँखुको रसमा क्याल्सियम, क्रोमियम, कोबाल्ट, म्याग्नेसियम, फस्पोरस, पोटासियम एवं जिंक जस्ता खनिज हुन्छ । यि तत्वले प्रोस्टेट र स्तन क्यान्सरबाट बचाउँछ ।
डण्डीफोरबाट मुक्तिः उँखुको रसबाट छालालाई आवश्यक पर्ने अल्फा हाइड्राक्सी एसिड प्रयाप्त हुन्छ । जसले छालामा आउने डण्डीफोर लगायतका समस्याबाट मुक्ति मिल्छ ।
मृगौलालाई फाइदाः उँखुको रसमा प्रशस्सत प्रोटिन हुन्छ । यसलाई नरिवलको पानीमा मिलाएर पिउँदा युरिन इन्फेक्सन् एसिडिटी वा पत्थरी लगायतका समस्याबाट मुक्ति पाउन सकिन्छ ।
रोग प्रतिरोधी क्षमता बढ्छः उँखुको रसमा एंटीऑक्सीडेंट्सको मात्रा उच्च हुन्छ जसले शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धी हुन्छ ।


पाचन प्रणालीमा सुधारः उँखुको रसमा हुने पोटासियमले पाँचन प्रणाली पनि राम्रो हुन्छ ।
दाँत बलियो हुन्छः उँखुको रसमा खनिजको मात्रा उच्च हुन्छ जसले हाड र दाँत बलियो बनाउँछ । यसले दाँतलाई चम्किलो बनाइदिन्छ ।
नङमा चमकः उँखुको रसको सेवनले नङलाई पनि सुन्दर बनाउँछ । यसले नङमा हुने दाग धब्बा हटाउन सघाउँछ ।
त्वचा जवान हुन्छः उँखुको रसमा हुने खनिजको मात्राले शरीरमा उर्जा कायम राख्छ र यसले छालालाई जवान देखाउन पनि सहयोग गर्छ । उँखुको रसले छालामा आवश्यक पर्ने नुनको मात्रा कायम राख्ने हुँदा छाला जवान हुन्छ
ज्वरोबाट मुक्तिः उँखुको रसमा प्रोटिनको मात्रा उच्च हुन्छ । यसले प्रोटिनको कमीबाट आउने ज्वरोबाट पनि बचाउँछ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment