Thursday, March 9, 2017

कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीको गोली लागेर एक नेपाली छटपटाईरहेको अवस्थामा

 घटनास्थलमा रहेका पत्रकार हरिशचन्द्र बाग का अनुसार भारतीय हस्तक्षेपविरुद्ध प्रतिकारमा उत्रिएका नेपालीमाथि भारतीय पक्षले १२ राउण्ड गोली प्रहार गरेको छ ।

 भारतीय प्रहरीको गोली लागेर स्थानीय पुनर्वास- ८ माछापुच्छ्रे टोलका गोबिन्द गौतमको मृत्यु भएको छ ।भारतीय प्रहरीको गोली लागेर घाइते भएका गौतमलाई उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
घटनामा नेपाल प्रहरीका जवानसहित थुप्रै नेपाली घाइते भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

पुनर्वासको आनन्दबजारस्थित नेपाली भूमिमा नेपालीहरुले कल्भर्ट निर्माण गर्न लाग्दा गुगल म्यापले भारतको भूमि देखाएको भन्दै भारतीय एसएसबीले हस्तक्षेप गरेपछि स्थानीय नेपाली प्रतिकार उत्रिदा भारतीय पक्षबाट गोली चलेको हो ।

अहिले घटनास्थलमा कैलालीबाट समेत सशस्त्र प्रहरी परिचालन गरिएको छ । महेन्द्रनगरको दंगा प्रहरीलाई पनि खटाइएको छ ।
नेपाली सुरक्षाकर्मीको संख्या बढेसँगै भारतीयहरु अलि पर भागेको पत्रकार बागले घटनास्थलबाट जानकारी दिए । टेलिफोनमा उनले भने- ‘हाम्रो सशस्त्र प्रहरीसँग हतियार छैन् ।

 लाठीको भरमा यहाँ खटिएका रहेछन् । पारी भारतले सीमा जंगलमा पुरै एसएसबी परिचालन गरिरहेका छन् । स्थिती तनावग्रस्त छ । दुबै पक्षबीच सम्वाद र सहमति गर्ने अवस्था छैन् ।’ कर्णाली न्यूज को सहयोगमा

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment