कतारमा नया नियम लागु हुनु भन्दा पहिले एउटा खुसि रहरै चलेको थियो ! जब १३ डिसेम्बर २०१६ मा कतारमा अधिकारिक रुपले नया नियमको घोसणा गरियो त्यतिबेला सम्म प्रदेशमा रहेका नेपाली कामदारलाइ धेरै हद सम्म फाइदा हुने अनुमान गरिएको थियो !
नियम परिवर्तन भए संगै कसैलाई फाइदा पनि भैरहेको होला तर धेरै नेपाली हरुलाई भने टाउको दुखाइको विषय बन्न गाइ रहेको छ !
पहिले को पुरानो नियम अनुसार कतार आउन २ बर्ष मात्र पर्खिनु पर्थ्यो भने अहिले ३ बर्ष पर्खिनु पने अवस्था आएको छ ! हेर्नुहोस यी नियम हरु परिवतर्न भएका थिए र यी नियम हरुले कसरि नेपालीलाइ टाउको दुखाइको बनाइ रहेका छन् ?
१. करार अवधि सकेर नेपाल आएपछि २ बर्ष पर्खिनु नपर्ने:
कतारले नया कानुन अनुसार कुनै व्यक्ति आफ्नो करार अवधि सकेर घर फर्किन्छ भने भोलि पल्टै कतार आउन पाउने नया नियम त बनाएको छ तर धेरै जसो कतारका कम्पनि हरु कतारको नया नियम संगै परिवतर्न भएका छन् ! नया नियम आउनु भन्दा पहिले करार अवधि २ बर्षको लागि कायम गरिएको हुन्थ्यो भने अहिले अनलिमिटेड कन्ट्रयाक्टमा हस्तक्षर गर्न लगाइन्छ ! नियम अनुसार दुइ प्रकारका करार अवधि कायम गर्न पाइने व्यवस्था छ १. फिक्स टर्म कन्ट्रयाक्ट एक अथवा दुइ बर्षे २. अनलिमिटेड कन्ट्रयाक्ट ५ बर्ष अथवा त्यो भन्दा माथि ! फिस्क टर्म कन्ट्रयाक्ट १ अथवा २ बर्षको हुने भएकाले करार अवधि सकिएपछि पुनः कतार फिर्ता हुन् पाउनु स्वाभाविक नै हो तर आजभोली प्राय जसो कम्पनीलेहरुले फिक्स टर्म कन्ट्रयाक्ट नगराउने भएकाले कि त ५ बर्ष त्यै कम्पनिमा काम गरेर निस्कनु पर्यो कि भने आफ्नो ५ बर्षे अवधि नासक्युन्जेल नेपालमै बस्नु पर्यो ! त्यसैले यो नियम नेपालीहरुलाई फाइदा भन्दा धेरै टाउको दुखाइ भएको पाइन्छ ! मानौं तपाई अनलिमिटेड कन्ट्रयाक्ट गर्नु भएको थियो र २ बर्ष पछी कम्पनि बाट निस्कासित हुनु भयो भने तपाई ३ बर्ष कतार फर्किन पाउनु हुने छैन ! भएन त टाउको दुखाई ?
२. कम्पनि बाट एन ओ सी नलिएरै कम्पनि परिवतर्न गर्न पाइने:
फेरी त्यै टाउको दुखाई, नियम अनुसार तपाईले काम गरिरहेको कम्पनीमा तपाईले गरेको करार वढी समाप्त भएपछी तपाईले अर्को कम्पनिमा काम गर्नको लागि तपाई स्वतन्त्र हुनु हुने छ ! तर त्यै माथि चर्चा गरे जस्तै करार अवधि ५ बर्षे भैदिने भएकाले ५-५ बर्ष एउटा कम्पनीमा काम गरेर फेरी अर्को कम्पनीमा ५ बर्षको लागि हस्ताक्षेर गर्न जाने ? यो त झनै टाउको दुखाइ भयो, होला कुनै-कुनै कम्पनि हरुले दुइ बर्षे करार अवधिमा हस्ताक्षर गराउछन् होला तर कतारका धेरै यस्ता कम्पनिहरु छन् जुन कतारको नियम पालना गरिरहेका छैनन् !
मानौं ५ बर्ष पछी पनि कम्पनि परिवतर्न गर्न चाहानु हुन्छ रे, तर पनि त्यति सजिलो भने पक्कै छैन ! कतारको नियमले भनेको कुरा सरल नेपाली भाषामा भन्नुपर्दा: यदि तपाईले तपाईको कम्पनीमा ड्राइभरको काम गर्दै हुनुहुन्छ, र ५ बर्ष पछि कम्पनि परिवर्तन गर्नु पर्यो भने तपाईले चाहेको कम्पनिमा जान पाउनु हुदैन किनकि उक्त कम्पनि संग ड्राइभरको लागि भिसा भएको हुनु पर्यो+ ड्राइभरको भिसा नेपाली नागरिककै लागि भएको हुनु पर्ने ! भएन त टाउको दुखाई ? राम्रो कम्पनीले तपाईलाइ चाहेर पनि लिउन सक्दैन किन कि उनीहरु संग ड्राइभरको भिसा नभएको हुन् सक्छ, भिसा भएपनि नेपालीको लागि नभएको हुन सक्छ ! त्यसैले यो नियम कम्पनि तथा कामदार दुवैको टाउको दुखाइ भनेको छ !
३. एक्जिट आउँदा कम्पनि बाट अनुमति लिउनु नपर्ने:
एक्जिट परमिट भनेको कतारमा कार्यरत कम्पनि बाट अर्को पटक फर्केर उक्त कम्पनीमा न आउने गरि आउदा चाहिने अनुमति पत्र हो ! कतार सरकारले १३ डिसेम्बर २०१६ भन्दा पहिले सबै कामदारहरुलाई अनुवार्य एक्जिट परमिट लिउनु पर्ने व्यवस्था कायम गरेको थियो ! त्यसो हुँदा घरमा एकदमै इमर्जेन्सी परेको बेला कम्पनीले ८-१० दिन त्यतिकै झुलाईदिने गरेको हामी सबैलाई थाहा भएकै कुरा हो ! तर नया नियम आइसके पछी तपाईले काम गरिरहेको कम्पनि बाट एक्जित जानु पर्ने उक्त कम्पनि बाट अनुमति लिराख्नु नपर्ने भएको हुँदा यो भने धेरै राम्रो नियम मध्यको एउटा हो जस्तो लाग्छ मलाई !
जुनसुकै राम्रो पक्षका नराम्रा पक्ष हुन्छन भने जस्तै यसमापनि टाउको दुखाइ बाट मुक्ति भने पाइदैन ! कम्पनि बाट एक्जित परमिट लिउनु नपरे पनि कतार सारकर अन्तरिक मामिला मत्रालय बाट भने तपाई नेपाल आउनु भन्दा केहि दिन पहिलै आवेदन दिनु पर्ने हुन्छ ! मन्त्रालयले तपाईले कतारमा कतै गैर कानुनि काम त गर्नु भएको छ छैन, ट्राफिक नियम उल्लंघन गर्नु भएको छ छैन सबै विवरण हेरर मात्र तपाईलाइ देश छोड्ने अनुमति पत्र पर्दान गर्दछ ! तपाईले आफ्नो कम्पनीलाई आफुले कम्पनि छोड्न लागेको कुरा ३ दिन पहिलै खबर गरिसक्नु पर्ने १३ डिसेम्बरको नियममा उल्लेख छ !
कतारको बजारमा अब आउदै गरेका नया नियम
४. कम्पनीले समयावधि भन्दा ७ दिन सम तलव नदिए एन ओ सी बिना कम्पनि छोड्न पाइने:
कतारको स्थानीय पत्रिका अनलाइन संस्करण Qatar Tribute ले लेखेको कुरा विस्वास मान्ने हो भने अब कुनै कम्पनीले तलव दिनु पर्ने मिति भन्दा ७ दिन सम्म पनि दिएन भने कम्पनि बाट एन ओ सी नलियरै अर्को कम्पनि खोजेर काम गर्न पाउने लेखेको छ ! यो नियम कतारका विभिन्न वेबसाइट हरुमा लेखिएको थियो ! मानौं यो नियम आइहाले पनि धेरै नेपाली हरुले यसको फाइदा भने लिउन कठिन नै पर्छ ! काम प्रतिको ज्ञान र भाषाको कमजोरीले गर्दा आफै अर्को कम्पनि खोजेर काममा लाग्नु धेरैलाई गाह्रो हुन् सक्छ, यदि कम्पनिले तलव नदिएको खण्डमा छोडेर गैहालेपनि कतै काम नपाएर इलिगल पो भईने हो कि भन्ने डरले छदै छ ! पत्रिकाले जनाय अनुसार यो नियम छिटै लागु हुदै छ आशा गरौँ नेपाली हरुको लागि टाउको दुखाइको नियम नबनोस !
५. कतारको लागि कामदार नियुक्त कतार सरकार आफैले गर्ने?
स्थानीय पत्रिका The Peninsula अनलाइन संस्करणले जनाय अनुसार कतार सरकारले कतारको लागि कामदार अब आफ्नै मातहत भित्र बाट नियुक्ति गर्ने भएको छ ! त्यसका लागि एउटा स्विस कम्पनीलाई अनुमति दिईएको छ जसले कामदार पठाउने सम्बन्धित देशमा आफ्नो शाखा खोलेर काम गर्ने छ ! उक्त स्विस कम्पनीले कामदारको प्रमाण पत्र भेरिफिकेशन, मेडिकल जांच, करार अवधिमा हस्तक्षर गराउने लगायेतका काम गर्ने छ ! यो नियम ब्यबहारिक रुपमा लागु भने भएको छैन तर छिटै लागु हुने विस्वास गर्न सकिन्छ ! यो नियम लागु भयो भने काठमाडौँका दलाल हरु बाट अलिकति भएपनि राहत पाइन्थ्यो कि भन्नेमा म चै विस्वासत् छु !
सामान्य तय यो नियम साधारण कामदारको लागि राम्रो भएपनि अलि फटाइ काम गर्ने हरुको लागि भने टाउको दुख्ने मात्रै हैन उल्टी आउने पनि हुन् सक्छ ! यदि तपाई नक्कली प्रमाणपत्र बोकेर कतार जाने सोचमा हुनुहुन्छ भने, नक्कली लाइसन्स अथवा अनुभवका नक्कली प्रमाण पत्रहरु बोकेर जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईको सोच बदल्नुहोस् ! उक्स स्विस कम्पनीले कतार सरकार र सम्बन्धित कामदार पठाउने देशको सरकार संग सहकार्य गरेर काम गर्ने भएको हुँदा तपाई को डकुमेन्ट एकै छिनमा नक्कली फेला पर्न सक्छ !
तपाईलाइ टाउको दुख्ने नयाँ नियमको बारेमा हाम्रो लेख कस्तो लग्यो ? कतार भरि छरियर रहनु भएका नेपाली माझ सेयर गर्न नभुल्नु होला ! यदि तपाई संग केहि लेख रचना हरु छन् भने हामीलाई फेबुक पेज नेपलिज इन कतारमा मेसेज गर्नु होला हामी तपाईको नाम सहित प्रकाशन गरिदिने छौं !
हजुरहरुको दिन शुभ रहोस !!
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment