Wednesday, March 15, 2017

अन्डाको सेतो भागका फाइदा के के छन् त ?


कोलेस्ट्रोलको मात्रा शून्य – अन्डाको सेतो भागमा कोलेस्ट्रोलको मात्रा हुँदैन । एउटा अन्डामा हुने १८० मिलिग्राम कोलेस्ट्रोल पहेँलो भागमा मात्रै हुन्छ । मधुमेहका रोगीले अन्डाको सेतो भाग मात्रै खानु लाभदायी हुन्छ ।


आवश्यक प्रोटिन अन्डाको सेतो भागमा प्रोटिनको मात्रा पर्याप्त हुन्छ । एउटा अन्डाको सेतो भागमा चार मिलिग्राम प्रोटिन हुन्छ । सेतो भाग सेवन गरिसकेपछि कोलेस्ट्रोल हुने पहेँलो भाग खानुपर्ने आवश्यकता पर्दैन । सेतो भागमा अमिलो एसिडको मात्रासमेत प्राप्त हुने भएकाले शरीरको मांसपेशीलाई सन्तुलित बनाउन मद्दत गर्छ ।
न्यून क्यालोरी – अन्डाको सेतो भागमा क्यालोरीको मात्रा कम हुन्छ । सैले ब्रेकफास्टका लागि सेतो भाग उत्तम हुन्छ । एक अन्डामा झन्डै ७० क्यालोरी हुन्छ । जसमध्ये सेतो भागमा आधाभन्दा पनि कम हुन्छ । तर, तपाईं तौल घटाउन डाइटिङ प्रक्रियामा हुनुहुन्छ भने पूरै अन्डा खाए पनि खराब गर्दैन ।
बोसोरहित – अन्डाको सेतो भागमा बोसोको मात्रा निकै कम हुन्छ । यसमा जम्मा पाँच मिलिग्राम फ्याट हुन्छ ।
उचित खनिज – अन्डाको सेतो भागमा खनिजको मात्रा भरपूर हुन्छ । यसमा पोटासियम, सेलेनियम, फोलेट, क्याल्सियम, फस्फोरसको उचित मात्रा हुन्छ । अन्डाको सेतो भाग मात्रै खानाले ब्लडप्रेसर नियन्त्रण गर्नुका साथै शरीर स्वस्थ रहन्छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment