प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार राति चीन उड्नुअघि बोलाएको सत्तारुढ दल, एमाले र मधेसी मोर्चाका नेताहरुको बैठकमा एमालेबाट सहभागी उपाध्यक्ष वामदेव गौतम र संसदीय दलका उपनेता सुवास नेम्वाङले सप्तरीमा मोर्चाले शान्तिपूर्ण ढंगले सभा सम्मेलन गर्ने अधिकार किन कुण्ठित गरेको भनी सुरुमै प्रश्न गरे ।
बनारस र नयाँ दिल्ली भ्रमणबाट बिहीबार दिउँसो राजधानी फर्केका संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले आफू केही महिनाअघि सुर्खेत जाँदा एमाले कार्यकर्ताले उसैगरी आक्रमण गरेर ‘शान्तिपूर्ण सभासभासम्मेलन गर्ने संवैधानिक हक कुण्ठित गरेको’ कटाक्ष फर्काएपछि बैठक एकैछिन विषयान्तर भएको थियो ।
मोर्चाको तर्फबाट बोलेका तमलोपा अध्यक्ष महन्थ ठाकुरले ठूला दलहरुले आफूहरुलाई उधारो आश्वासनमा सीमित राखेको भन्दै आक्रोश पोखेका थिए । ‘हामी यसपल्ट उधारो आश्वासन मान्नेवाला छैनौं, तपाईंहरुले के के गर्न खोजेको हो, पहिले गरेर देखाउनुस्,’ ठाकुरले भने, ‘अनि मात्रै सहमति हुने सम्भावनाको कुरा गरौंला ।’
सदभावना पार्टी अध्यक्ष राजेन्द्र महतोका अनुसार बैठकमा स्पष्ट मुद्दाहरुमा कुनै छलफल भएन । दाहाल चीन गएकै अवधि पनि सहमतिको मिलनविन्दू पहिल्याउने, उनी चीनबाट फर्कने बित्तिकै सहमतिको निर्णायक पहल हुने आश्वासन दिएपछि बैठक बिनानिष्कर्ष टुंगिएको महतोले जानकारी दिए ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment