काठमाडौं । तपाईँको मोबाइलमा सेभ नभएको वा नचिनेको नम्बरबाट आएको फोन कसले गरेको हो भनेर सजिलै पत्ता लाग्ने एप्स नेपाली बजारमा आएको छ ।कुनै नचिनेको नम्बरबाट आएको फोन होस् वा सेभ नगरेको नम्बर, तपाइँले यो एप्स डाउनलोड गर्नुभयो भने तपाइँलाई फोन गर्ने व्यक्तिको नाम सहजै पत्ता लगाउन सक्नुहुनेछ ।
तपाइँको मोबाइलमा घण्टी बज्नासाथ कसले फोन गरेको हो भन्ने कुरा सहजै पत्ता लाग्छ । नेपालीले नेपालीकै लागि बनाएको यो एप्स नेपाली बजारमा पहिलो हो । नेपाली बजारमा पनि केही यस्ता एप्स छन् जो तपाइँको दैनिक जनजीवनमा महत्वपूर्ण सावित भएका छन् । अब तपाइँ सिधै गुगल प्लेस्टोरमा गएर नेपालीले नेपालीकै लागि बनाएको यो एप्स प्रयोग गर्न सक्नुहुनेछ ।
विश्व बजारमा एप्सको प्रतिष्पर्धा भैरहेका बेला नेपाली बजारमा पनि त्यस्तै खालका एप्सहरु सार्वजनिक हुने क्रममा मोबाइल प्रयोगकर्तालाई ध्यानमा राखेर “Nepal Caller : नेपाल कलर ” गुगल प्लेस्टोरमा राखिएको हो ।अहिले यो एप्लिकेसन एन्ड्रोइड भर्सनमा मात्र उपलब्ध रहेको र यस एपले छिट्टै प्रयोगकर्ताको विश्वास जित्नेछ भन्ने आशा गरेका छौं ।
डाउनलोड कसरी गर्ने ?
तपाइँको मोबाइलमा रहेको गुगल प्ले स्टोरमा जानुहोस्, “Nepal Caller” सर्च गर्नुहोस् । अनि त्यसमा क्लिक गरेर डाउनलोड गर्न सक्नुहुनेछ ।
डाउनलोडका लागि यो लिंकमा पनि जान सक्नुहुनेछ https://goo.gl/Iix2LN
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment