अपडेट : १० : २८
काठमाडौँ । काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा आज साँझ असिनासहितको भारी वर्षा भएको छ ।
स्थानीय वायुको प्रभावका कारण लामो समयदेखि विकास भएको प्रणालीले बदलीसँगै असिना र वर्षा गराएको मौसमविद् समीर श्रेष्ठले राससलाई जानकारी दिए ।
उहाँका अनुसार काठमाडौँ उपत्यकाको उत्तरतर्फको भेगमा भारी असिना वर्षात् भएको छ । यो केही समय रोकिए पनि बदली रातभर रहनेछ । खासगरी देशका मध्य र पश्चिमी पहाडी भेगमा बदली रहने मौसमविद् श्रेष्ठको भनाइ छ ।
स्थानीय वायुको प्रभावका कारण असिनासहितको वर्षात् भएको र यो प्रणाली उत्तरबाट दक्षिणतर्फ झर्दै गरेकाले सोको असर देखिएको हो ।
आज काठमाडौँ उपत्यकाको अधिकतम २३ र न्यूनतम तापक्रम १२ डिग्रिसेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अपडेट : १०: ०३
राजधानीमा परेकाे असिना पानीले नेपालकाे एकमात्र अन्तराष्ट्रिय बिमानस्थलमा समस्या देखिएकाे छ । त्यहाँ विमानहरुले ल्यान्ड गर्न नसकिएको विमानस्ठल स्रोतले जानकारी दियो । अरु क्षतिबारे एकिन विवरण अाइसकेको छैन ।
अपडेट : ९ : ४५
अनामनगर ११ चैत्र ।
राजधानी काठमाडौं लगायत आसपासका जिल्लाहरुमा भारी बर्षा सहित असिना परेको छ । ९ बजेर ३० मिनेटदेखि आएको अविरल वर्षासँगै आएको असिनाले बाटो पुरै सेताम्मे भएको छ । खाली जग्गाहरुमा हिउँ परेको जस्तै देखिएको छ ।
सुत्न तरखर गरेका राजधानीबासीहरु असिना हेर्न बाहिर निस्किएका छन् ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment