Friday, March 3, 2017

दक्षिणपूर्वी टर्कीमा ५.५ म्याग्निच्युडको भूकम्प

 । टर्कीको दक्षिणपूर्वी प्रान्त आदियमानमा बिहीबार ५.५ म्याग्निच्युडको भूकम्प गएको टर्कीको प्राकृतिक प्रकोप तथा सङ्कटकाल व्यवस्थापन अधिकारीले बताएका छन् ।

स्थानीय समयअनुसार बिहीबार २ बजेर ७ मिनेटमा गएको भूकम्पपछि ४.२ र ४.४ म्याग्निच्युडको दुई वटा पराकम्पनसमेत गएको उक्त विपद् व्यवस्थापन कार्यालयले जनाएको छ ।

आदियमानको सामसाट क्षेत्रमा रहेको जमिन सतहदेखि एघार दशमलव तीन किलोमिटर गहिराईमा केन्द्रविन्दू रहेको उक्त कार्यालयले जनाएको छ ।

भूकम्पका कारण भएको क्षतिका बारेमा समाचार सङ्कलन गर्ने समयसम्म क्षतिको कुनै सूचना आइनसकेको टर्की प्रशासनले जनाएको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment