१७ फगाुनमा काठमाडौंमा आयोजित कार्यक्रममा नागरिक समाजका अगुवाको रुपमा विजयकान्त कर्णले दिएको चेतावनी हो, यो । उनको थप भनाइ थियो, ‘बन्दुर प्रहरीसँग मात्रै छैन, बजारमा पनि किन्न पाइन्छ ।’ कर्णले यस्तो अभिव्यक्ति दिएको ठीक एक सातापछि २३ फागुनमा सप्तरीको राजविराजमा प्रहरीसँगको झडपमा पाँच जनाको मृत्यु भयो । १९ जना घाइते भए ।
नेकपा एमालेको मेची महाकाली अभियान अन्तर्गत गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा आयोजित सभा बिथोल्न पुगेका मधेसी मोर्चा समर्थकहरुलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाएको थियो ।
पूर्व राजदूतसमेत रहेका कर्णको हिंसा प्रेरित गर्ने अभिव्यक्ति र राजविराज घटना संयोग मात्रै थिएन । विश्लेषक नीलाम्बर आचार्य उत्तेजक र साम्प्रदायिक अभिव्यक्तिले आम जनतामा सीधै असर पार्ने बताउँछन् । उनका अनुसार समाजका अगुवा र बुद्धिजीवीहरुल्े दिने सार्वजनिक अभिव्यक्तिले सर्वसाधारणमा गहिरो प्रभाव पारिरहेको हुन्छ ।
९ फागुनमा सरकारले आउँदो ३१ वैशाखमा स्थानीय निर्वाचन गर्ने घोषणा गरेलगत्तै विरोधमा उत्रेका बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीको कार्यक्रममा कर्णले यस्तै उत्तेजक धारणा राखेका थिए । भट्टराईले १२ फागुनमा संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवसँग मिलेर त्यस्तै उत्तेजक विज्ञप्ति जारी गरेका थिए
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment