Thursday, March 9, 2017

कञ्चनपुरमा नेपाली मारिएपछि मातृभूमिको रक्षामा उत्रिन विप्लवको आब्हान



काठमाडौ – नेकपा माओवादीले कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिकामा भारतीय सुरक्षाकर्मी एसएसवीले गोली हानी एक नेपालीको हत्या गरेको घट्नाको भत्र्सना गर्दै मातृभूमिको रक्षामा उत्रन सम्पूर्ण देशबासीलाई आव्हान गरेको छ ।

घट्नापछि विज्ञप्ति जारी गर्दै नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले कन्चनपुरमा भारतीय साम्राज्यवादले गरेको उक्त कायरतापुर्ण हत्यामा संलग्नलाई अन्तराष्ट्रिय कानुनअनुसार कारवाही गर्न माग गरेका छन् ।

विप्लवले घट्नाको भत्र्सना गर्दै नेपालीमाथि दमन भइरहँदा पनि सरकार लाचार बनेर दलाली गरेको बताएका छन् ।
आज बिहान एसएसवीले गोली हान्दा कन्चनपुर आनन्द बजारका गोविन्द गौतमको मृत्यु भएको छ भने सुरक्षाकर्मीसहित दजर्नौ नेपाली घाइते भएका छन् ।कर्णाली न्यूज बाट

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment