मेची महाकाली अभियानअन्तर्गत मंगलबार नेपालगञ्जमा आयोजित जनसभालाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले लिखित माफी पीडित परिवारलाई एक करोड रुपैयाँ क्षतिपूर्ति दिन भारतलाई आग्रह गरे ।
‘भारतले नेपाल सरकारसंग लिखित माफी माग्नुपर्छ र नेपाल सरकारलाई एक करोड भारू क्षतिपूर्ति दिनुपर्छ,’ उनले भने– ‘र, त्यो रकम मृतक गोविन्द गौतमका परिवारलाई दिनुपर्छ ।’
उपाध्यक्ष गौतमले मधेसी मोर्चा नामको विखण्डनकारी तत्वले सामाजिक सद्भाव भड्काउन खोजेका चर्चा गर्दै त्यसका विरुद्ध जनताबीच एकता हुनुपर्ने बताए । एमालेले सरकारमा पुगेर राम्रो काम गर्न थालेपछि विपक्षीको सातो जाने र त्यसलाई असंवैधानिक तरिकासमेत प्रयोग गरेर हटाउने गरिएको स्मरण गरे
गौतमले अगाडि भने-
– मनमोहन अधिकारीको नेतृत्वको सरकारले राम्रो काम गर्दा नौ महिनामै हटाइयो, माधवकुमार नेपालको सरकारलाई नयाँ नेपाल बनाउने भयो भन्ने डरले हटाइयो, झलनाथ खनालको सरकारलाई सात महिना पनि टिक्न दिइएन, कपी शर्मा ओलीको सरकारलाई नौ महिना पनि काम गर्न दिइएन । अबको चुनावमा जनताले यी सबै कुरा हेरेर बहुमत दिनेछन्, एमालेबाहेक जनताले अरु पार्टीलाई विश्वास गर्ने छैनन् ।
– आर्थिक केन्द्रहरुलाई अलग गरेर पाँच नम्बर टुक्र्याउने कुरामा षड्यन्त्र जोडिएको छ । मध्यपश्चिम क्षेत्रलाई तराईसँग नजोडेर हामीले गल्ती गरेका र्छाँ । दुई नम्बरमा पनि गल्ती भएको छ । एमालेले बहुमत पाएपछि त्यो गल्ती सच्याउँछौँ । हरेक प्रदेशलाई पहाड र मधेससँग जोड्छौँ । मधेसीका नाममा जे तिमीहरुले चाहेका छैनौ, हामी त्यहीँ गर्छौं ।
– मेचीदेखि महाकालीसम्मको क्षेत्र हामीलाई चाहियो भन्ने मधेसी नेताहरुको माग छ । के यो तिमीहरुको जमिन्दारी हो ? यहाँका जनताको माग त्यो छैन, हामी त्यस्तो हुन दिँदैनौँ ।
– १ सय २३ भाषाभाषीहरुका बीचमा सम्पर्क भाषाका रुपमा नेपाली रहँदारहँदै हिन्दीलाई सरकारी कामकाजको भाषा बनाउनुपर्छ भनेर प्रस्ताव ल्याइएको छ । यसले नेपाली भाषालाई होइन, मैथिली, भोजपुरी, थारु जस्ता भाषालाई विस्थापित गर्छ । हामी त्यस्तो राष्टघाती प्रस्तावलाई कुनै हालतमा सफल हुन दिन्नौँ ।
– राजविराममा पेट्रोल बम प्रहार गरेर एमालेको नेतृत्वलाई समाप्त पार्न खोजियो । त्यस्तो गर्न चाहनेहरुलाई रोकेवापत प्रहरीहरुलाई कारवाही गरियो । एमालले जनताको मनमा छ । त्यसैले पेट्रोल बम त के एटम बम हाने पनि एमाले समाप्त हुँदैन ।
– मनमोहन अधिकारीको सरकारले एक सय रुपियाँबाट सुरु गरेको सामाजिक सुरक्षा भत्ता केपी ओली नेतृत्वको सरकारले दुई हजार बनायो । अब एमालेको बहुमतको सरकारले पाँच हजार बनाउनेछ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment