परीक्षाका बेला कतिपय विद्यार्थीहरु यस्तो गल्ती पनि गर्छन् कि जसले गर्दा रिजल्टमा थोरै अंकमात्रै प्राप्त हुन्छ । दिनरात घरमा कसरी पढाइको वातावरण बनाउन सकिन्छ भन्ने कुरामात्र चलिरहन्छ ।
ध्यान दिएर थोरै थोरै समय पढ्नुपर्छ
परीक्षा राम्रो होस् भनेर यसका लागि आमाबुबाले आफ्ना छोराछोरीलाई एकपटकमा ४(६ घण्टा पढ्नका लागि दबाव दिनुहुँदैन । उसलाई थोरैथोरै समयको अन्तरालमा पढ्नका लागि प्रेरित गर्नुपर्छ । एकैपटक धेरै समयसम्म पढिरहनाले मन खिन्न हुन्छ । यसले परीक्षार्थीको दिमाग पढाइबाट हट्न थाल्छ ।
त्यसैले परीक्षार्थीले एकएक घण्टाको समय बाँडेर पढ्नुपर्छ । परीक्षार्थीलाई एक घण्टा पढिसकेपछि उसले ब्रेक लिनुपर्छ । अलि कति घुम्नु वा परिवारका सदस्यहरूसँग कुराकानी गर्नुपर्छ । यसले पाठ छिटो याद हुन्छ र पढाइ पनि बोझ लाग्दैन ।
टेबुलकुर्सी नै हुन् आदर्श
प्रायःजसो परीक्षार्थीको ओछ्यानमा पल्टेर वा घुमीघुमी पढ्ने बानी हुन्छ, जुन एकदम गलत हो । परीक्षार्थीलाई सधैं टेबलकुर्सीमा बसेर पढाइ गर्नुपर्छ । पढ्ने समयमा उसको अवस्था पनि सही हुनुपर्छ । आँखा र किताबको बीचमा कम्तीमा १२ इन्चको दूरी हुनुपर्छ । होइन भने आँखा र शरीर चाँडै थाक्छ ।
ध्यान भङ्ग गर्ने खालका कुराबाट टाढा रहनुपर्छ
पढ्ने ठाउँमा टेलिभिजन, म्युजिक सिस्टम तथा कम्प्युटरजस्ता ध्यान भङ्ग गर्ने खालका कुराहरू रहनुहुँदैन, यसले पढाइमा बाधा उत्पन्न गर्दछ ।
महत्त्वपूर्ण कुरालाई अन्डरलाइन गरौं
परीक्षार्थीलाई पढ्ने समयमा जुन कुरा महत्त्वपूर्ण लाग्दछ, त्यसलाई मार्करले अन्डरलाइन गर्नुपर्छ, जसले दोहोर्याउने बेलामा त्यसमा बढीभन्दा बढी ध्यान जाओस्, ताकि त्यो कुरा दिमागमा राम्ररी बसिहालोस् ।
नोट्स अवश्य बनाऊँ
परीक्षार्थीलाई सेसनको सुरुदेखि नै महत्त्वपूर्ण कुराहरूको नोट्स बनाउनुपर्छ । नोट्स बनाउनाले परीक्षार्थीमा लेख्ने बानी बस्छ । साथै उसले याद गरेका कुराहरू क्रमबद्धरूपमा तथा प्रभावशाली ढङ्गले लेख्न आउँछ । प्रायःजसो परीक्षार्थीलाई याद त सबैथोक हुन्छ, तर उसले कुरालाई सही ढङ्गले लेख्न नपाएर राम्रो अङ्क ल्याउनबाट बञ्चित भइहाल्छ ।
जरुरी छ दोहोर्याउनु
परीक्षार्थीले जुन कुरा आज पढ्दछ वा याद गर्छ, भोलिपर्सि त्यसलाई अवश्य दोहोर्याउनुपर्छ । यस्तो हुनुहुँदैन कि परीक्षार्थीले प्रत्येक दिन एउटा नयाँ पाठ पढोस् तर पुरानो पाठलाई एकचोटि पनि नहेरोस् । यसले परीक्षार्थी कुनै पनि कुरा राम्ररी याद राख्न पाउँदैन ।
आफैँ लिउँ परीक्षा
प्रत्येक शनिबार परीक्षार्थीले तीन घण्टाको समयमा कुनै पनि विषयको प्रश्नपत्रलाई हल गर्ने प्रयास गर्नुपर्छ । यसले उसमा प्रश्न हल गर्ने अभ्यास बढ्छ । उसको लेख्ने गतिमा सुधार आउँछ । साथै लेखावट पनि सुन्दर लाग्दछ ।
बदलौं सुत्ने र उठ्ने बानी
कतिपय परीक्षार्थीको राति ढिलोसम्म पढ्ने र बिहान ढिलोसम्म सुत्ने बानी हुन्छ । यदि कसैको यस्तो बानी छ भने परीक्षाको ४(५ सप्ताह पहिलादेखि नै उसले बिहान चाँडै उठ्ने र राति चाँडै सुत्ने बानी बसाल्नुपर्छ । होइन भने बिहानको सत्रमा परीक्षा भएमा उसलाई चाँडो उठ्नमा अप्ठ्यारो महसुस हुन्छ । निद्रा राम्ररी पूरा नभएको खण्डमा उसले परीक्षा पनि राम्रो गर्न पाउँदैन ।
खराब आदत त्यागौं
कतिपय परीक्षार्थी भ्रममा हुन्छन् कि कफी पिउनाले पढाई राम्रो हुन्छ, चाँडै याद हुन्छ । यसैगरी कतिपय परीक्षार्थी चाँडोभन्दा चाँडो कुनै कुरालाई याद गर्न चुरोट पिउन सुरु गर्छन् । यी जम्मै गलत मान्यताहरू हुन् । यदि कसैमा यस्ता खराब बानी परेको छ भनेदेखि उसले तुरुन्त त्यसलाई छोड्नुपर्छ । उसले बुझ्नुपर्छ यी जम्मै भ्रम मात्र हुन् यो पनि बुझ्नु जरुरी छ, कफीको अत्याधिक सेवनले बेचैनी बढ्छ र स्वास्थ्यमा पनि प्रतिकूल असर पर्छ ।
किताब रटेर मात्रै टप गर्न सकिदैन
धेरै विद्यार्थीले सोच्ने गर्छन् की, परीक्षामा टप गर्नेहरुले आफ्नो उत्तर पुस्तीकामा त्यस्तो के लेख्छन्, जसले गर्दा उनीहरुलाई ९९ या १०० नम्बर मिल्छ ?
यदी तपाईहरु पनि यस्तो सोच राख्नुहुन्छ भने यो सोचले तपाईहरुलाई पनि परीक्षा टप गर्न प्रेरित गर्न सक्छ । एउटा कुरा जान्नु जरुरी छ कि, टप गर्ने विद्यार्थीहरु किताब मात्रै रटेर बस्दैनन् । न त उनीहरु आफ्नो उत्तर पुस्तीकामा त्यो मात्रै लेख्छन् जो पाठ्यपुस्तकमा लेखिएको हुन्छ । यो आलेखमा टपर विद्यार्थीहरुको केही सिक्रेट्स उल्लेख गरिएका छन् । जसलाई अपनाएर तपाईहरु पनि परीक्षा टप गर्न सक्नुहुनेछ ।
कक्षा ११ मै १२ को पढाई
जो विद्यार्थी कक्षा १० या १२ को परीक्षामा बोर्ड फस्ट हुन्छन्, उनीहरुको जिन्दगीमा त्यो अचानक भएको चमात्कार हैन । र न त उनीहरु कुनै अमृत नै पिउँछन् । फरक मात्र यति हो कि, उनीहरु ‘स्मार्ट माइन्ड’का साथ अध्ययन गर्छन् ।
टपर विद्यार्थीहरु पहिलेदेखि नै विशेष प्रकारको तयारी गर्ने गर्छन् । जस्तै, ११ कक्षामै उनीहरुले १२ कक्षाको पढाइबारे जानकारी हाँसिल गर्ने गर्छन् । या ९ कक्षामा पढ्दा नै १० कक्षाको पाठ्यापुस्तक पढ्ने गर्छन् । कतिपय टपर विद्यार्थीहरु यस्ता पनि हुन्छन् जसले आफ्नो लक्ष्य पहिल्यै निर्धारण गरेका हुन्छन् । जस्तै कक्षा ११ मा पढ्दा नै १२ कक्षा टप गर्ने उनीहरुको लक्ष्य हुन्छ । र, त्यसका लागि उनीहरुले १२ कक्षाको परीक्षा दिएका विद्यार्थीसँग छलफल गर्ने गर्छन् । परीक्षा कस्तो थियो ? कस्ताखालका प्रश्न आए ? पाठ्यपुस्तकबाट कति प्रश्न आए ? यी र यस्ता जिज्ञासा मेटाउन उनीहरु आफूभन्दा सिनियर विद्यार्थीसँग छलफल गर्ने गर्छन् ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment