एजेन्सी । चीनले फेरि एकपटक विश्वको ध्यान तानेको छ ।
चीनमा बनेको विश्वकै अग्लो मोटरेबल पुल सञ्चालनमा आएको छ। जमीनदेखि मापन गर्दा विश्वकै अग्लो यो पुलमा यातायात सेवा खोलिएको हो ।स्थानीय अधिकारीका अनुसार बेइपानजियाङ्ग पुलले देशको पहाडी दक्षिण–पश्चिमी भागको दुई प्रान्तलाई एकापसमा जोडेको छ ।
यो पुलका कारण यी दुई प्रान्तको यात्रा एक चौथाईमा घटेको छ।
गीझु प्रांतीय यातायात विभागले आफ्नो आधिकारिक वेबसाइटमा एक विज्ञप्ती प्रकाशित गर्दै एक नदीमाथि बनाइएको बेइपानजियाङ्ग पुलको उचाई ५६५ मिटर १८५४ फिट अग्लो रहेको छ । यो पुलले पहाडी प्रान्त युन्नान र गिझुलाई जोडेको छ।
सरकारी समाचार एजेन्सी सिन्ह्वाले डुआन नामका ट्रक ड्राइभरलाई उधृत गर्दै दिएको समाचार अनुसार युन्नानको शुआनवेई र गिझुको शुईचेङ्गबीच यात्रा गर्न अहिलेसम्म चार घन्टा लाग्थ्यो भने पुल बनेपछि यो यात्रा एक घन्टामा छोटिएको छ ।
स्थानीय समाचारपत्र ‘गिझु डेली’ का अनुसार, १३४१ मिटर लामो यस पुलको लागत एक अर्ब युआन १४ करोड ४० लाख अमेरिकी डलर भन्दा धेरै रहेको छ ।
- Next मृगौला जोगाउन चाहनु हुन्छ ? खानुस् यी ७ खाना
- Previous बलिउडका लेजेण्ड नायक बिनोद खन्नाको मृत्युको खबरले बलिवुडमा मचायो सनसनी, हेर्नुहोस पुरा समाचार भिडियो सहित
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment