बेलायती सांसद एन्न क्लाउडले मधेसको सप्तरी घटनालाई ब्रिटिस संसदमा उठाउँदै छानविनको माग गरेकी हुन् । नेपालबारे एक प्रस्ताव दर्ता गर्दै उनले नेपालको संविधान संशोधनपछि मात्रै स्थानीय चुनाव गर्नुपर्नेमा जोड दिएकी हुन् ।
साइनन् उपत्यकाबाट संसदमा प्रतिनिधित्व गर्ने लेबर पार्टीकी सांसद क्लाउडले तराई क्षेत्रमा सुरक्षाकर्मीबाट अत्याधिक बलको प्रयोग हुनु चिन्ताजनक भएको बताइन् । सप्तरीमा पाँचजना मारिएको र कैयौं अन्य व्यक्ति घाइते भएको भन्दै उनले भनेकी छन्,
‘नेपालको सुरक्षा अंगलाई दिइने कुनै पनि सहयोग दिनुअघि उनीहरुको कार्य अन्तर्राष्ट्रिय मानव अधिकारको मापदण्डअनुकुल भए नभएको कुरालाई ध्यानपूर्वक विश्लेषण गर्नुपर्छ ।
साथै राजनीतिक कार्यकर्ता तथा प्रदर्शनकारीहरुलाई आफ्ना गतिविधिलाई शान्तिपूर्वक सञ्चालन गर्न पनि आग्रह गर्नुपर्ने उनको प्रस्ताव छ ।
सांसद क्लाउडले आगामी वैशाख ३१ गते हुने चुनाव अघि संविधान संशोधन हुनुपर्नेमा जोड दिएकी छन् । ‘यो सदन यो कुरामा चिन्तित छ कि स्थानीय निर्वाचनअघि संविधानमा संशोधन नभएमा तराई क्षेत्रको रुपमा परिचित मैदानी दक्षिणी क्षेत्रका अल्पसंख्यक मधेसीहरु सीमान्तकृत भइरहनेछन्,’ उनको प्रस्तावमा भनिएको छ ।
केही समयअघि नेपालबाट मधेसी मुलका अधिवक्ता दीपेन्द्र झा लगायत अधिकारकर्मीले क्लाउडीलगायत सांसदलाई भेट्दै मधेसमा राज्य पक्षबाट अतिरिक्त बल प्रयोग भएको भन्दै मानव अधिकार हननको विषय उठाइदिन आग्रह गरेका थिए ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment