यसैबीचमा अमेरिकाका विदेश मन्त्री रेक्स टिलसरनले सिरियामामा विद्रोही विरुद्ध भएको रासायनिक हमलाको जिम्मेवार रुस रहेको बताएका छन् ।
उनले सिरियाको रासायनिक हतियारको भण्डार समाप्त गर्ने गरी सिरियाली सरकारलाई विद्रोही माथि रासायनिक अक्रमण गर्न रुसले उक्साएको दावी समेत गरेका छन् । रुस र अमेरिकाबीच तनाव बढेपछि अन्तराष्ट्रिय संचार माध्यमहरुले सिरिया घटना तेस्रो विश्वयुद्धको संकेत भएको बताउन थालेका छन् ।
भारतीय टिभी च्यानल आजतकको अनलाई संस्करणले रुस र अमेरिकाबीचको तनाव तेस्रो विश्व युद्धको संकेत हुनसक्ने बताएको छ । बढ्दो तनावपछि आजतकले लेखेको समचारमा अमेरिका र रुसलाई साथमा रहेका देशकोबारेमा समेत उल्लेख गरिएको छ ।
अमेरिकलाई समर्थन गरेका देश
सिरियामा जब ६ बर्ष पहिले अरबी प्रभावमा विद्रह शरु भएको थियो तब अमेरिका सरकार विरोधी समुहमा खडा भएको थियो । अरबको मामला भएका कारण उसको पक्षमा उभिएको थियो इजरायल उभिएको थियो ।
यसका साथै नेटोकामा आवद्ध रहेका देश फ्रान्स, जर्मनी लगायतका केही देशहरुले अमेरिकाको दिएका थिए । र अहिले पनि उनीहरु अमेरिकाकै पक्षमा छन् ।
सिरियाको सिमनामा रुसी विमानले मार हनेपछि रुस र टर्कीको तनाव पहिले देखि नै थियो । अमेरिका समर्थित ग्रुप ७ को सदस्य देशहरुका विदेशमन्त्री इटालीमा भेटवार्ता गर्दैछन् ।
यो बैठकमा उनीहरुले रुसी सरकारसँग सिरियाली राष्ट्रपति बशद अल असदको सम्बन्ध कसरी चिस्याउन सकिन्छ भन्ने बारेमा छलफल हुँदै छ । त्यसका लागि कसरी दवाव सिर्जना गर्ने भन्नेबारेमा पनि छलफल हुन लागेको बताइएको छ ।
बेलायतः बेलायत सरकारले अमेरिकी हमलाको पूर्णरुपमा समर्थन गरेको छ । बेलायतका प्रधानमन्त्री माइकल फेलनले अमेरिकी कारबाही ठिक भएको प्रतिक्रिया दिएक छिन् ।
टर्कीः टर्कीका राष्ट्रपति तैयप अर्दोआनले अमेरिकी कारबाही सिरियामा भइरहेको कथित युद्ध अपराधको सहि जवाफ भएको बताएका छन् ।
इजरायलः इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले विज्ञप्ती जारी गर्दै अमेरिकाको कारबाहीप्रति पूर्ण समर्थन जनाएका छन् ।
फ्रान्सः फ्रान्स अमेरिकको साथमा देखिन्छ । तर, सिरियाको यो परिस्थितीमा दोधारमा देखिएको छ । पेरिसमा भएको आतंककारी हमलामा पछि फ्रान्सको युद्ध विमानले सिरियामा आईएसआईएस विरुद्ध बमबारी गरेको थियो । त्यसबेला रुस र फ्रान्सबीच तनाव बढेपछि फ्रान्स अमेरिकाको साथमा उभिएको थियो ।
साउदी अरबः अमेरिका जस्तै शून्य बाहुल खाडी देश अबर पनि कुनै पनि हालतमा सिरियाली राष्ट्रपति असदलाई हटाउने पक्षमा देखिएको छ । सन् २०१३ मा जब असदमाथि रासायनिक हतियारको प्रयोगको आरोप लागेको थियो । तब अरब अमेरिकाले हस्तक्षेप गरोस भन्ने चाहान्थ्यो । अमेरिकाले अस्तक्षेप नगर्दा अबर केहि रिसाएको थियो । अहिले फेरी अरब अमेरिकाको पक्षमा उभिएको छ ।
रुसको समर्थनमा रहेका देश
रुस, इरान र सिरियाको सरकार अब पनि अमेरिकाले हवाई हमला गरे जवाफ दिने मुडमा छन् । गत साता अमेरिकाले सिरियाको एयरबेसमाथि हमला गरिसेकेको छ ।। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक भाषणमा सिरियाली राष्ट्रपतिलाई तानाशाहको आरोप समेत लगाएका छन् । सिरिया सरकारको मुख्य सैन्य सहयोगी रुसले अमेरिकाको हमला पछि अमेरिकासँगको सम्बन्ध गम्भिररुपले विग्रने चेतावनी दिइसकेको छ ।
इरानः सीरियाका राष्ट्रपति बशर अल असदको समर्थक इरानले अमेरिकी कारबाहीको कडा आलोचना गरेको छ ।
चीन र भारत अष्पष्ट
चिनियाँ सरकारले सिरियामा विग्रदै गएको अवस्था प्रति चिन्ता जनाएको छ । चिनियाँ विदेशमन्त्रालयका प्रवक्ताले कुनै देश, संस्था, व्यक्ति माथि रासायनिक हतियारले आक्रमण गर्नेकुरामा चीनको सँधै विरोध रहने बताएपनि सिरियाको हालत थप विग्रन नहुने बताएका छन् । भारतले पनि यसविषयमा स्पष्ट कुरा बाहिर ल्याएको छैन ।
किनकी अमेरिका र रुस दुवैसँग भारतको राम्रो सम्बन्ध रहेको छ । सिरियासँग पनि भारतको पारापारिक सम्बन्ध रहेको छ । भारतले अमेरिका र शोभियत संघबीचको शित युद्ध कालमा पनि तटस्थताको नीति अपाएको थियो ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment