Monday, April 10, 2017

नातिनी गर्भवती भएपछि यसरी खुल्यो हजुरबुवाको कर्तुत !

मुम्बई । आफ्नै नातिनीलाई बलात्कार गर्ने हजुरबुबा प्रहरी फन्दामा परेका छन् । घटना मुम्बईको हो, जहाँ चौकीदारको काम गर्ने ५६ वर्षीय पुरुषले १३ वर्षीय नातिनीलाई बलात्कार गरेका छन् ।

 जानकारी अनुसार घटनाको खुलासा तब भयो जब १३ वर्षीय बालिकालाई अचानक पेट दुखेर अस्पताल लगियो । अस्पतालमा भएको उपचारको क्रममा बालिका दुई महिनाको गर्भवती भएको चिकित्सकले बताएपछि बालिकाले हजुरबुबाले बलात्कार गरेको खुलासा गरेकी हुन् ।

लामो समयदेखि आफूमाथि लगातार भएको बलात्कार लुकाउनुको पछाडी हजुरबुबाले दिएको ज्यान मार्ने धम्की भएको बालिकाले बताएकी छिन् । प्रहरीले परिवार र छिमेकीको मद्दतले आरोपीलाई पक्राउ गरेको छ । एजेन्सी

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment